विवेकशिल साझाको प्रदेश पाँच संयोजकमा सैंजु

1.3K

विवेकशिल साझाको प्रदेश पाँच संयोजकमा सैंजु

बुटवल,चैत । विवेकशिल साझा पार्टीले पाँच नम्बर प्रदेशको संयोजकमा बुटवलका प्रतिष्ठित व्यबसायी अनुपमान सैंजुलाई चयन गरेको छ । शुक्रबार बुटवलमा भएको कार्यक्रममा सैजुको नाम प्रदेश प्रमुखमा सार्वजनिक गरिएको हो ।

नेपाल जेसिजका पूर्व अध्यक्ष तथा पूर्व अन्तर्राष्ट्रिय उपाध्यक्ष समेत रहनुभएका ४८ वर्षीय सैजुलाई पार्टीका संयोजक द्वय रबिन्द्र मिश्र र उज्वल थापाले माटोको टिका लगायर सपथ गराउनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश संयोजक सैंजुले मुलुकमा जनताको पक्षमा काम गर्ने राजनीतिक दल नभएको र विवेशशिल साझामा धेरै सम्भावना देखिएकाले आफू उक्त पार्टीमा समावेश भएको बताउनु भयो । उहाँले पाँच वर्ष पछिको निर्वाचनमा विवेकशिल साझा पार्टीलाई प्रदेश पाँच र समग्र देशको नेतृत्वमा पु¥याउन दिलोज्यान दिएर लाग्ने पनि बताउनु भयो ।

पार्टीका संयोजक द्वय मिश्र र थापाले सैंजुजस्ता व्यक्तित्व आफ्नो पार्टीको निर्माण तथा उत्थानमा सहभागि हुनु गौरवको विषय भएको बताउनु भएको थियो । त्यस्तै नेता मुमाराम खनालले बिभिन्न संघसंस्थामा रहेर राष्ट्रिय नेतृत्व गरिसकेका सैंजुले पार्टी संगठन विस्तारमा महत्वपूर्ण नेतृत्व प्रदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।