
बुटवल, चैत । होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीले लुम्बिनी अञ्चल अस्पताललाई कम्बल प्रदान गरेको छ । अस्पतालमा उपचारकालागि आउने गरिव तथा असाहाय बिरामीलाई लक्षित गरेर २० थान कम्बल प्रदान गरिएको संघका अध्यक्ष समुन्द्र जिसीले बताउनु भयो ।
संघको साधारण सभा तथा अधिवेशनको अवसर पारेर आईतबार अस्पताल परिषरमा कार्यक्रमको आयोजना गरिसंघका अध्यक्ष जिसी, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरिक्षक केशव भट्टराई तथा संघका पदाधिकारीले उक्त कम्बल लुम्बिनी अञ्चल अस्पताल बिकास समिति अध्यक्ष रमेश खनाल तथा सूचना अधिकृत लक्ष्मीराज रेग्मीलाई हस्तान्त्रण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रनाउ भट्टराईले व्यबसायिक संघ संस्थाले सामाजिक उत्तर दायित्व बहन गरेर गरेको सहयोग उल्लेखनीय भएको बताउनु भयो । त्यस्तै लुम्बिनी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष खनालले सामाजिक तथा व्यबसायिक संघसंस्थाले गर्ने सहयोग भन्दा पनि सहकार्य महत्वपूर्ण भएको बताउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद गौतम, अस्पतालका सूचना अधिकृत रेग्मी, संघका महासचिव बाबुराम गौतम, कार्यक्रम संयोजक माधवकुमार खनाल लगायतले भनाई राखेका थिए ।