बानको प्रदेश संयोजकमा नेपाल

1.3K

बानको प्रदेश संयोजकमा नेपाल

बुटवल, चैत । बुटवल एफ एमका कार्यकारी निर्देशक तथा तिलोत्तमा दैनिकका प्रबन्ध सञ्चालक माधव नेपाल ब्रोडकाष्टिङ एशोसिएसन अफ नेपाल (बान)को प्रदेश पाँचको संयोजक चयन हुनुभएको छ ।

निजी रेडियो सञ्चालकको छाता संगठन (बान)को शनिवारराती सम्पन्न अधिवेसनले नेपाललाई केन्द्रीय सदस्य सँगै प्रदेश संयोजकमा सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले सप्तकोशी एफएम इटहरीका प्रबन्ध निर्देशक न्यौपानेलाई बानको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा कुमार भट्टराई, महासचिवमा दुर्गा अधिकारी, उप–महासचिवमा गोविन्द कुशियारी, सचिवमा राजकुमार थापा र कोषाध्यक्षमा नविन राई सर्वसम्मत निर्वाचित हुनु भएको छ ।