आज बुटवलमा प्रेस युनियनको प्रदेश भेला

1.3K

आज बुटवलमा प्रेस युनियनको प्रदेश भेला

बुटवल, ६ बैशाख । नेपाल प्रेस युनियनको प्रदेश पाँचको भेला आज बुटवलमा हुँदैछ । नेपाल पत्रकार महासंघ प्रदेश समितिको पहिलो अधिवेशन नजिकिँदै गर्दा युनियनले आफ्नो संस्थाको रणनीति बनाउनकालागि भेला आयोजना गरेको हो ।

युनियन रुपन्देहीको अतिथ्यतामा हुने भेलाको संघीय संसदका सदस्य तथा नेपाली काँग्रेसका नेता भरत शाहले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै भेलामा प्रदेश पाँच काँग्रेस संसदीय दलका नेता बलदेव शर्मा तथा सांसदहरु, नेपाल प्रेस युनियन र महासंघका पदाधिकारी तथा सदस्यहरु सहभागि हुने छन् ।

त्यस्तै प्रदेश पाँच अन्तरगत १२ जिल्लाबाट युनियनका सभापतिहरु तथा अग्रजहरु सहभागि हुने युनियन रुपन्देहीका सभापति बिक्रम खड्काले जानकारी दिनुभयो । उक्त कार्यक्रममा सहभागि हुनकालागि आफ्ना सदस्यहरुलाई युनियन रुपन्देहीले आह्वान गरेको छ ।