बुटवल /इन्टलेक्च्युअल एकेडेमी बुटवल(११, कालिकानगरमा निर्वाचन मार्फत सदन विभाजन गरिएको छ ।
कक्षा ३ देखी १० सम्मका विद्यार्थी सम्मीलित निर्वाचनवाट रेड हाउसबाट सिम्रन थापा नेता, कुशल थापा उपनेता, ब्लु हाउसबाट रोशन थकाली नेता, हिना खातुन उपनेता, ग्रिन हाउसबाट ज्योती खनाल नेता, जेनिथ गुरु¨ उपनेता तथा एल्लो हाउसबाट रामु गुप्ता नेता र शारदा बुढा उपनेता निर्वाचित भएका छन् ।
चार सदनका लागी १६ जनाले नेता र उपनेतामा उमेदवारी दिएपछि मतदान मार्फत छनौट गरिएको अतिरिक्त क्रियाकलाप प्रमुख सुदिप घिमिरेले जानकारी दिनुभएको छ ।
विद्यार्थीलाई निर्वाचनका वारेमा जानकारी गराउ“दै लोकतान्त्रीक पद्घतिमा हार जितको पनि अनुभुति गराउने उद्घेश्यले मतदानमार्फत नेता र उपनेता छानिएको हो ।