दुई दिनको अहंकार त्याग्न प्रम ओलीलाई गगनको आग्रह

1.3K

दुई दिनको अहंकार त्याग्न प्रम ओलीलाई गगनको आग्रह

सैनामैना, ५ जेठ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगनकुमार थापाले नेपाली काँग्रेसलाई जनताले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न जनमत दिएकाले सोही अनुसारको भूमिका खेल्ने वताउनु भएको छ । नेपाली काँग्रेस सैनामैना नगर समिति रुपन्देहीको दोश्रो नगर सभाको शनिवार रुपन्देहीको सैनामैनास्थित मुर्गियामा उदघाटन गर्दै नेता थापाले नेपाली काँग्रेस अवको पाँच वर्षसम्म संविधान कार्यान्वयनको मूख्य जिम्मेवारी पूरा गर्दै जिम्मेवार प्रतिपक्षको रुपमा रहने उल्लेख गर्नुभयो । उहाँले नेपाली काँग्रेस चुनावमा भएको हारवाट कतै विचलित नहुने भन्दै लोकतन्त्रमा जीत र हार स्वभाविक भएकोले आत्तिने कुनै कारण नभएको उल्लेख गर्नुभयो ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई तिहाइको अहंकार त्याग्न आग्रह गर्दै दुई तिहाईको अहंकार छाडेर जनताको पक्षमा काम गर्न सुझाव दिनुभयो । अहंकारले भरिएको यात्रा लामो समय टिक्न नसक्ने र इतिहासले पनि त्यही देखाउने गरेको भन्दै थापाले राणा, राजा र माओवादीको बन्दुकसंग लडेको काँग्रेस एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्दा पनि नआत्तिने उल्लेख गर्नुभयो ।
उहाँले तत्काल महासमिति बैठक बसेर पार्टीका तल्लो तहसम्म पुर्नसंरचना गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । भर्खरै महाधिबेशन नै हुनुपर्छ भन्ने छैन तर स्थानीय तहका वडासम्म नेतृत्वसहितको संरचना हुनुप¥यो उहांले भन्नु भयो ।

नेता थापाले नेपाली काँग्रेसले सरकारका राम्रा कामको स्वागत गर्ने, विकासका मुद्दामा सरकारसंगै सहकार्य गर्ने तर सरकार गलत कामतर्फ अघि बढे विरोध गर्ने उल्लेख गर्दै सरकारमा त्यस प्रकारको दम्भ देखिन सक्ने संकेत मिलेको उल्लेख गर्नुभयो । नेपाली काँग्रेसलाई कुर्सीभन्दा पनि अहिले संगठन प्यारो रहेको उल्लेख गर्दै नेता थापाले भन्नुभयो– ‘काँग्रेस अवको पाँच वर्ष जनताको घर घरमा पुग्छ, जनताको समस्या बुझ्छ र जनतासंगै सहकार्य गर्छ ।’

नेपाली काँग्रेस जत्तिको लोकतान्त्रिक र समावेसी पार्टी अरु नभएको भन्दै उहाँले भर्खरै स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा मधेशी, दलित, मुस्लिम र मधेशी तथा महिलाको उपस्थिति नरहेकोले त्यो पार्टीप्रति आशंका रहेको उल्लेख गर्नुभयो । नेपाली काँग्रेस अव संगठन निर्माणमा केन्द्रित हुने उल्लेख गर्दै नेता थापाले जीत र हारको दम्भवाट कांग्रेस कहिल्यै नआत्तिने र नमात्तिने वताउनु भयो । काँग्रेसको जीवनमा जीत र हार धेरैपटक आए गए तर काँग्रेसले सधै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका खातिर संघर्ष ग¥यो भन्दै अव पनि हारवाट आत्तिदैनौं र आउने चुनावमा जनताको मत पाएरै मुलुककै शक्तिशाली पार्टी वन्ने प्रयास गर्छौं भन्नुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा काँग्रेस नेता दुर्गाप्रसाद उपाध्यायले नेकपा एमाले र माओवादी केन्द्र मिलेर ठूलो पार्टी वनेको दावी गरेपनि जनताको विश्वास जित्न नसक्ने दावी गर्नुभयो ।

प्रदेश नं. ५ का प्रदेश सभा सदस्य फकरुद्दिन खाँले कम्युनिष्टहरुमा चुनाववाट सत्ता प्राप्त गरेकोमा दम्भ पलाएको भन्दै त्यस्तो दम्भ धेरै समय नटिक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेपाली काँग्रेसका महासमिति सदस्य युवराज गिरी, नेपाली काँग्रेसका वुटवल उपमहानगर सभापति खेलराज पाण्डे लगायतले बोल्दै काँग्रेसलाई बलियो शक्तिको रुपमा स्थापित गर्न अव संगठन निर्माणमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

नेपाली काँग्रेस सैनामैना नगर समिति सभापति रामप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रजातन्त्र ल्याउन योगदान दिने प्रजातन्त्र सेनानीहरु प्रजातन्त्र सेनानीहरु गणेशकुमार सेवानी, सूर्यदत्त जोशी, परशुराम पोखरेल र इश्वरी पन्थलाई सम्मान गरिएको थियो । यस्तै पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएकोमा पत्रकार छवि पाण्डे र केही हप्ता अघि जापानमा भएको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता सैनामैनाका खेलाडीहरुलाई सो अवसरमा सम्मान गरिएको थियो ।