चालु आर्थिक वर्षमा बुटवल ईजलासमा ६३ प्रतिशत मुद्धा फछ्र्यौट

1.3K

चालु आर्थिक वर्षमा बुटवल ईजलासमा ६३ प्रतिशत मुद्धा फछ्र्यौट

बुटवल, २४ जेठ । उच्च अदालत तुलसीपुर बुटवल ईजलासमा चालु आर्थिक वर्षको हालसम्म झण्डै ६४ प्रतिशत मुद्धा फछ्र्यौट भएका छन् । चालु आर्थिक वर्षको यहि जेठ २३ गतेसम्म अंघिल्लो वर्षको जिम्मेवारी सरेका ९११, चालु आर्थिक वर्षमा दर्ता भएका १ हजार १९७ गरी कुल २ हजार १०८ मुद्धा मध्ये १ हजार ३३० वटा मुद्धा फछ्र्यौट भएको उपरजिस्टार नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो ।

अदातलमा भएका गरेका काम कारवाहीका बारेमा जानकारी गराउनकालागि बिहिबार गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षमा हालसम्म अघिल्लो वर्षका जिम्मेवारी सरेर आएका ९११ मध्ये ८५४ वटा र चालु आर्थिक वर्षमा दर्ता भएका १ हजार १९७ मध्ये ४६७ वटा मुद्धा फछ्र्यौट भएको जानकारी गराईएको हो ।

आर्थिक वर्ष २०७४÷०७५ मा अघिल्लो वर्षको जिम्मेवारी सरी आएका ९११ र नयाँ २ हजार ३३५ वटा मुद्धा दर्ता हुने अनुमान गरिएको थियो । यद्यपी मुलुकमा तीन तहका निर्वाचन चलेकाले मुद्धाको संख्यामा कमि हुन आएको हुन सक्ने उच्च अदालत तुलसीपुर बुटवल ईजलासका न्यायधिश रमेश पोखरेलले बताउनु भयो ।

अदातलका रजिस्टार ठगिन्द्र कट्टेलका अनुसार बुटवल ईजलासमा अव १ वर्ष भित्रका ७३२, १ वर्षदेखि १८ महिना भित्रका ३७ र १८ महिना नाघेका ९ वटा मुद्धा फछ्र्यौट हुन बाँकी छन् ।

त्यस्तै बुटवल ईजलास मातहतका ६ जिल्लामा कुल १० हजार ६६४ मुद्धा मध्ये ५ हजार ६८० मुद्धा फछ्र्यौट भएका छन् । बुटवल ईजलासले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्त सम्ममा रुपन्देही जिल्ला अदालतमा ४ हजार ४२८ मध्ये २ हजार ७३, कपिलबस्तु जिल्ला अदालतमा २ हजार २६१ मध्ये १ हजार १४२, नवलपरासी जिल्ला अदालतमा ३ हजार ३ मध्ये १ हजार ८५९, पाल्पा जिल्ला अदालतमा ३९० मध्ये २२९, गुल्मी जिल्ला अदालतमा ३४५ मध्ये २४०, र अर्घाखाँची जिल्ला अदालतमा २३७ मुद्धा मध्ये १३७ मुद्धा फछ्र्यौट भएका छन् ।