एसईई दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम

1.3K

एसईई दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम

बुटवल, असार । बुटवल उपमहानगरपालिका वडा नं. १४ तामनगरमा सञ्चालित बृहस्पति कम्प्युटर ईष्टिच्यूटमा आधारभूत कम्प्युटर तालिम लिएका बिद्यार्थीलाई प्रमाण पत्र प्रदान गरि बिदाई गरिएको छ । एसईई दिएर बसेका बिद्यार्थीलाई लक्षित गरि सञ्चालन गरिएको तीन महिने आधारभूत कम्प्युटर तालिममा ७५ जना सहभागि थिए ।

तालिम समापन कार्यक्रममा बोल्दै नयाँगाउँ माध्यमिक बिद्यालयका शिक्षक सुर्यबहादुर रानाले अहिले सबै क्षेत्रमा कम्प्युटरको ज्ञान अनिवार्य भएकाले कम्प्युटर शिक्षा पनि अनिवार्य भएको बताउनु भयो । उहाँले कम्प्युटर सम्बन्धि प्राविधिक ज्ञान लिएका व्यक्तिले कहिल्यैपनि रोजगारी बिहिन हुनु नपर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा बोल्दै पत्रकार खेमानन्द पाठक, कबिन्द्र नेपाल, शिक्षक रञ्जना गलामी, खिमलाल जैसीले कम्प्युटर शिक्षाको महत्वका बारेमा प्रकाश पारेका थिए ।

उक्त ईष्टिच्यूटले कम्प्युटर सम्बन्धि आधारभूत, एडभान्स तथा ग्राफिक्स डिजाईन सम्बन्धि तालिम प्रदान गर्दै आएको सञ्चालक बिरबहादुर थापाले जानकारी गराउनु भयो ।