प्रमुख प्रतिपक्षि बिनै संसद बैठक : नेपाली काँग्रेसको आपत्ति

1.3K

प्रमुख प्रतिपक्षि बिनै संसद बैठक : नेपाली काँग्रेसको आपत्ति

बुटवल, १३ असार । प्रमुख प्रतिपक्षि दलको उपस्थिती बिना नै प्रदेश पाँचको प्रदेश सभाको बैठक बसेको छ । मंगलबार दुई पटकसम्म सूचना टाँसेर स्थगित गरिएको बैठक बुधबार प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको उपस्थिती बिना नै भएको हो ।

आफ्नो उपस्थिती बिना नै बैठक सुरु भएपछि नेपाली काँग्रेस संसदीय दलले आपत्ति प्रकट गरेको छ । बैठक सुरु भएपछि नेपाली काँग्रेस संसदीय दलले प्रदेश सभा भवन सचिवालयमै पत्रकार सम्मेलन गरि आपत्ति प्रकट गरेको हो ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेस प्रदेश पाँच संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले प्रमुख प्रतिपक्षी दल बिना बैठक सञ्चालन गर्नु संसदीय मुल्य र मान्यता बिपरित भएको बताउनु भयो । उहाँले यही अवस्थामा प्रदेश सरकार अघि बढे सदन र सडकमा बिरोध गर्ने बताउनु भयो ।

नेपाली काँग्रेसले बिनयिोजन बिधेयकमा पनि ठुलो ठुलो रकम ठाउ र कार्यक्रम नै उल्लेख नगरी राखिएको भन्दै बिरोध गरेको छ । मंगलबार र बुभबार पटक पटक भएका बैठकमा सहमति जुटन नसकेपछी सत्तापक्ष बैठक अघि बढाउने तर्फ लागेको हो भने काग्रेस बैठकमै अनुपस्थित भएको हो ।

प्रदेश सभाको बुधबारको बैठकमा सत्तापक्षका १० जना प्रदेश सभा सदस्यले धारणा राखेका थिए । मन्ध्यान्ह १२ बजेका लागि बोलाइएको बैठक सवा १२ बजे सुरु भएको थियो ।