सर्वसत्तावाद रोक्न हिन्दुराष्ट्र र राजसंस्था अपनाउन काँग्रेसलाई कमल थापाको सुझाव

1.3K

सर्वसत्तावाद रोक्न हिन्दुराष्ट्र र राजसंस्था अपनाउन काँग्रेसलाई कमल थापाको सुझाव

बुटवल, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली काँग्रेस तथा एमालेले लिएको बिचार र सिद्धान्तका कारण उनीहरुसंग पार्टी एकता सम्भव नभएको बताउँदै राप्रपासंग पार्टी एकता गर्ने हो भने काँग्रेसले राजसंस्था र हिन्दु राष्ट्र अपनाउनु पर्ने बताउनु भएको छ ।

उहाँले राप्रपा काँग्रेस एमालेको वैकल्पिक शक्ति भएको बताउँदै नेपाली काँग्रेसले लिएको बिचार र सिद्धान्तका कारण राप्रपासंग पार्टी एकता हुन नसक्ने उल्लेख गर्नुभयो । रिपोटर्स क्लव प्रदेश पाँच कार्यालयले सोमबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भन्नुभयो–‘मुलुकमा देखा परेको कम्युनिष्ट पार्टीको एक दलिय सर्वसत्तावाद पराजित गर्नकालागि पनि राष्ट्रियता र प्रजातन्त्र संगै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, काँग्रेसले मुलुकमा कम्युनिष्टको एक दलिय सर्वसत्तावादको खतरा देखेको हो भने राजसंस्था र हिन्दु राष्ट्रमा आउनु पर्छ ।’

पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष थापाले १० वर्षको राजनीतिक घटनाक्रमबाट जनतालाई चित्त नबुझेको बताउँदै लोकतन्त्रिक गणतन्त्रात्मक मुलुकमा सहमति र सम्झौता सहितको राजसंस्था आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा कायमै राखेको बताउँदै यी दुईटा एजेण्डालाई पार्टीले कहिल्यै छोड्न नसक्ने बताउनु भयो ।

उहाँले संविधान बनाउँदा परिवर्तशिल बनाएकाले अफ्ना मुल्य मान्यता पुनस्थापित हुन सक्ने सम्भावना रहेकाले उपयोगको रणनीति अवलम्बन गरेर सरकारमा सहभागि भएको पनि स्मरण गर्नुभयो । उहाँले तीन राप्रपा बिच छिटै पार्टी एकिकरण हुने बताउँदै अवको चार वर्ष भित्रमा राप्रपा मुलुकमा अग्रणी शक्तिको रुपमा स्थापित हुने दावी गर्नुभयो ।

उहाँले संघीयताले देशलाई धान्न नसक्ने उल्लेख गर्दै संघीयतालाई खारेज गरेर सुदृण स्थानीय स्वायत्त शासन आवश्यक रहेको बताउनु भयो । संघीयताले मुलुकमा क्षेती पु¥याउने निश्चित रहेको दावी गर्दै आफ्नो पार्टीले कमभन्दा कम क्षेती होस भन्नेमा ध्यान केन्द्रित गरेको बताउनु भयो ।

सुरक्षा संवेदनशिलताका आधारमा निशेधित क्षेत्र घोषणा गर्नुपर्ने भएपनि बिरोधलाई नै निशेष गर्नेगरी निशेधित क्षेत्र घोषणा गर्नु एकदलिय सर्वसत्तावादको थालनी भएको अध्यक्ष थापाले उल्लेख गर्नुभयो ।