प्रतिवन्धित लागु औषध सहित दुई पक्राउ

1.3K

प्रतिवन्धित लागु औषध सहित दुई पक्राउ

बुटवल, २८ असार । सुनौलीबाट पोखरा लैजाँदै गर्दा नेपालमा प्रतिवन्धित लागु औषध सहित प्रहरीले दुई जनालाई बुटवलबाट पक्राउ गरेको छ । नेपालमा प्रतिवन्धित लागु औषध सुनौलीमा खरिदगरी पोखरा लैजाँदैछन् भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई बुटवलको मिलनचोकमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

ग २ प ४९३३ नम्बरको मोटरसाईलकमा सवार कास्की जिल्ला खेलखनाथ महानगरपालिका १५ का १९ वर्षीय रोहित राना र तनँहु व्यास नगरपालिका ७ का २१ वर्षीय राजन गुरुङ्को झोला खान तलासी गर्दा प्रहरीले नुफिन १७, फेनरागन ३४, टालजेसिक १७ एम्पुल्स र नाईट्राभेट १०५ ट्याब्लेट लागु औषध फेला पारेको थियो ।

उनीहरुको साथबाट भेटिएको लागु औषध बरामद गर्नुका साथै उनीहरुलाई गत मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनालाई लागु औषध मुद्धामा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अंगाडी बढाईएको प्रहरीले जनाएको छ ।