
बुटवल, १६ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले ओली सरकारले संवैधानिक परिषदको धजिया उडाएको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लव प्रदेश पाँचले बुधबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै घिमिरेले सरकारको अदिनायकवादी व्यवहारका विरुद्ध कांग्रेस सडकमा ओर्लन वाध्य भएको बताउनुभयो ।
सरकारले मनोमानी ढंगले निर्णयहरु गर्दै जाने र संवैधानिक तवरले यस अघिको सरकारले गरेका निर्णय उल्टाउने कार्यले जनता सशंकित भएको बताउँदै नेता घिमिरेले त्यस्ता गतिविधि रोक्न चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले सांसदको सपथ नलिई सोझै प्रधानमन्त्रीको सपथ लिएको विषयलाई कोट्याउदै नेता घिमिरेले सरकारले सुरुवातबाट नै संबिधानको उल्लंघन गरेको बताउनुभयो ।
प्रस्ताबित प्रधानन्यायधिश दीपकराज जोशीलाई प्रधानन्यायधिश नबनाउने षडयन्त्र भैरहेको उहाँको भनाइ छ । पार्टीमा नया नेतृत्वको खाचो औल्याउदै उहाँले अब पार्टी नया शीराबाट अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।