बुटवल, ५ भदौ । अव क्रुर यातना दिई ज्यान मारेमा त्यस्तो कसुरदारलाई जीवनरहेसम्म कैद सजाय हुनेछ । क्रुर यातना दिई ज्यान मारेमा, बायुयान अपहरण गरि वा बायुयाद विष्फोट गराई ज्यान मारेमा, अपहरण वा शरीर बन्धक बनाई ज्यान मारेमा जन्म कैदको सजाय हुनेछ । त्यस्तो कसुरदारलाई जन्मकैदको सजाय गर्दा कसुरदार जीवित रहेसम्म कैद गर्नुपर्नेछ ।
त्यस्तै सार्वजनिक रुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा बिष हाली ज्यान मारेमा, कुनै जातजाती वा संप्रदायको अस्तित्व नै लोप गर्नेगरी जाति हत्या (जेनोसाईड) गरेको वा गर्ने उद्देश्यले कसुर गरे र जवरजस्ती करणी गरि ज्यान मागरेमा नयाँ कानुनमा कसुरदारलाई जन्मकैदको व्यबस्था गरिएको छ ।
अव यी ६ प्रकारका कसुर गर्ने कसुरदार कसुर गरेको समयदेखि जीबित रहेसम्म कैद सजाय भुक्तान गर्नेछन् । उनीहरुको कारवासमै निधन हुने र काराबासबाटै अन्तिम संस्कारकालागि लैजाने कानुनमा परिकल्पना गरिएको उच्च अदालत तुलसीपुर बुटवल ईजलासका उपरजिस्टार नेत्रप्रसाद भुसालले बताउनु भयो ।