बंगलादेशको रनर मोटरसाईकल बुटवलमा

1.3K

बंगलादेशको रनर मोटरसाईकल बुटवलमा

बुटवल, १४ भदौ । बंगलादेशको रनर कम्पनीले उत्पादन गरेका बिभिन्न प्रकारका रनर मोटरसाईकल बिहिबारदेखि बुटवलमा बिक्रि शुभारम्भ गरिएको छ । नेपालकालागि रमन मोटर्स आधिकारिक बिक्रेता रहेको रनर मोटरसाईकल बुटवलमा भने रोयल मोटर्सले बिक्रि शुभारम्भ गरेको हो ।

बुटवल उपमहानगरपालिका वडा नं. १० कालिकानगरमा रहेको उक्त शोरुमको उद्घाटन गर्दै प्रदेश पाँचका सांसद भूमिश्वर ढकालले अटो क्षेत्रको बजारमा प्रतिस्पर्धा बढ्दै गएको र बंगलादेशको उत्पादन समेत बिक्रि बितरण सुरु गरिएकाले यसमा थप प्रतिस्पर्धा हुने बताउनु भयो । उहाँले आयातित बस्तुले बजार आगट्दैमा मुलुकको समृद्धि हुन नसक्ने बताउँदै मुलुक भित्रै उत्पादनमा जोड दिनुभयो ।

त्यस्तै वडा नं. १० का वडा अध्यक्ष पदम थापाले नेपालको अटो क्षेत्र भारतीय कम्पनीले छोपेको बताउँदै अन्य देशका उत्पादन बिक्रि वितरणमा चुनौती रहेको बताउनु भयो । कार्यक्रममा रनर मोटरसाईलकको नेपालकालागि आधिकारिक बिक्रेता रोयल मोटर्स प्रालिका जिएम बिनोद थापाले नेपालमा रनर मोटरसाईकलको २२ वटा बिक्रि केन्द्र बिस्तार भईसकेको र यसलाई बिस्तार गर्दै लगिने जानकारी गराउनु भयो ।

हाल रनर कम्पनीको ८० सिसि देखि १५० सिसि सम्मका मोटरसाईलक नेपाली बजारमा रहेको र अव चाँडै नै त्यसभन्दा बढी सिसिका ६ वटा मोटर साईकल लञ्च गर्ने तयारीमा रहेको जानकारी गराउनु भयो । हाल नेपाली बजारमा १ लाख ५४ हजार देखि २ लाख ५४ हजार सम्मका ७ वटा मोडलमा रनरका मोटरसाईलक रहेका छन् ।

त्यस्तै उक्त कम्पनीको मोटरसाईकल एकदमै मजबुदी, बढी माईलेज, अफ्टर सेभ, प्रयाप्त पार्टस, सर्भिसिङको व्यबस्था, दक्ष जनशक्ति भएको र ६ वर्षको वारेन्टी कम्पनीले दिईएकाले यसले नेपाली बजारमा राम्रो स्थान पाउन सक्ने बुटवलको लागि आधिकारिक बिक्रेता रोयल मोटर्सका सञ्चालक उमानसिंह सारुले जानकारी दिनुभयो ।