बुटवल, ४ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थानबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी अबैध रुपमा नेपाल तर्फ ल्याउंदै गरेको बिभिन्न लत्ता कपडा, खाद्यान्न र सामान बोक्ने मोटर साईकल बरामद गरेको छ ।
प्रहरीले सामान र मोटरसाईकल सहित कारोवारमा संलग्न चारजनालाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले दिएको जानकारी अनुसार अन्दाजी रु.१ लाख ४५ हजार ८४० मूल्य बराबरको मालसामान बरामद भएको छ ।
सो कार्यमा संलग्न भारत नौतनवा बस्ने वर्ष २६ को अलाउद्दिन मुसलमान, वर्ष २० को सुरज चौहान, वर्ष २४ को मोहित शर्मा र वर्ष १७ को पवन गौढलाई पक्राउ गरी बरामद सामाग्री सहित आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।