ट्रकको ठक्करबाट युवतीको मृत्यु

1.3K

ट्रकको ठक्करबाट युवतीको मृत्यु

बुटवल, १० असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शँकरनगर चोकमा ट्रकले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । लु १ ख ७३४९ नम्वरको ट्रकले बा ७५ प ४९२७ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार बुटवल कालिकानगर ११ बस्ने २० बर्षीय अनुश्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक पाल्पा तानसेन २ का २४ बर्षीय पुकार शाही घाईते भएका छन् । भैरहवाबाट बुटवलतर्फ आईरहेको ट्रकले पूर्ववाट पश्चिम तर्फ सडक पार गर्दै गरेको मोटरसाईकललाई ठक्कर दिंदा घाइते भएकी श्रेष्ठको लुम्विनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाईकल चालक घाईते शाहीको लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ । अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।