लुम्बिनी बाणिज्य क्याम्पसमा आगजनी र तोडफोड

1.3K

लुम्बिनी बाणिज्य क्याम्पसमा आगजनी र तोडफोड

 बुटवल, १० असोज । बुटवल–११ देवीनगर स्थित लुम्बिनी बाणिज्य क्याम्पसमा नेपाल बिद्यार्थी संघले आगजनी र तोडफोड गरेको छ । नाताबादको आधारमा क्याम्पसमा ११ जना शिक्षक कर्मचारी भर्ती गरेको भन्दै नेविसंघले आगजनी र तोडफोड गरेको हो ।

नेविसंघ केन्द्रिय सदस्य टंक पाण्डे र लुम्बिनी बाणिज्य क्याम्पस इकाई समितिका सभापति सुरज क्षेत्रीको नेतृत्वमा गएका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्ची,टेबलमा आगजनी गर्नुका साथै क्याम्पस प्रमुख चढ्दै आएको स्कार्पीयो गाडीमा समेत तोडफोड गरेका छन् ।बिद्यार्थीले नाताबाद र कृपाबादलाई हेरेर भनसुनका आधारमा नयाँ शिक्षक कर्मचारीहरु नियुक्त गरिएको आरोप लगाएका छन् ।

नेबिसंघ केन्द्रिय सदस्य टंक पाण्डेले आफ्ना मान्छेलाइ प्रश्नपत्र आउट गराएर र चिट चोराएर नियुक्ति दिइएकोले यस्तो नियुक्तिलाई नेविसंघले नमान्ने बताउनु भयो । क्याम्पस प्रशासनले तत्काल निर्णय नसच्चाए नेविसंघले थप आन्दोलन चर्काउने पाण्डेले बताउनु भयो ।

नेबिसंघ केन्द्रिय सदस्य टंक पाण्डे,लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री,नेबिसंघ सिद्धार्थ गौतमबुद्ध क्याम्पसका सभापति महेश शर्मा, राममणि क्याम्पसका सभापति चिरञ्जिबी बस्याल, लुम्बिनी इन्जिनियरिङ्ग कलेजका सभापति दीपक फौजदार, स्ववियु सभापति स्वचित वाग्ले, सिद्धार्थ क्याम्पसका सचिब दीपक घिमिरेलगायतले क्याम्पस प्रशासनले आफ्ना मान्छेलाइ जागिर दिएको भन्दै निर्णय सच्चाउन अल्टिमेटम सहितको ज्ञापन पत्र क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायलाई बुझाएका छन् ।

क्याम्पस प्रशासनले भने विधि पु¥याएर बैधानिक ढंगले शिक्षक कर्मचारी नियुक्ति गरिएको जनाएको छ ।