अपराध अन्त्यका लागि सरकार बदल्नु पर्छ : प्रमुख सचेतक खाँण

1.3K

अपराध अन्त्यका लागि सरकार बदल्नु पर्छ : प्रमुख सचेतक खाँण

बुटवल, १२ असोज । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मुलुकमा हत्या, हिंसा, बलात्कार अन्त्य गरि शान्ति सुव्यबस्था कायम गर्नकालागि वर्तमान ओली सरकार बदल्न आवश्यक रहेको बताउनु भएको छ । उहाँले सत्ताको डाडु पन्यु नै हत्या हिंसाको मानसिकता भएका व्यक्तिमा रहेकाले सरकारमा त्यस्ता व्यक्ति भएसम्म हत्या हिंसा अन्त्य हुन नसक्ने बताउनु भयो ।

मुलुकमा हत्या, हिंसा, बलात्कार लगायतका अपराधिक गतिबिधिका श्रीङ्खला बढ्दै गएको बताउँदै पूर्वमन्त्री समेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले कम्युनिष्ट सरकार प्रति आम नागरिकको दृष्टिकोण बदलिएको उल्लेख गर्नुभयो । नेता खाँणले मुलुकमा भईरहेको हत्या हिंसा तथा बलात्कार १० वर्षे ससस्त्र युद्धको वाईप्रोडक्ट भएको दावी गर्नुभयो । त्यस्तैगरी उहाँले बलात्कार पछि हत्या गरिएको निर्मला पन्त घटना २ महिना बितिसक्दा पनि पिडित परिवारलाई न्याय दिनुको साटो सरकारले हत्यारालाई संरक्षण गर्ने काम गरेको उल्लेख गर्नुभयो ।

नेपाल सार्वजनिक सेवा कर्मचारी संघको प्रदेश पाँचको प्रथम अधिवेशनको शुक्रबार बुटवलमा उद्घाटन गर्दै उहाँले काँग्रेस बलियो भएमात्रै किसान, मजदुर, कर्मचारी सबैको हक अधिकार सम्बोधन हुने भएकाले काँग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल सार्वजनिक सेवा कर्मचारी संघका केन्द्रीय अध्यक्ष जनार्धन भट्टराईले अहिले सरकारले कर्मचारीलाई ज्यादती गरेको बताउँदै कर्मचारीलाई ज्यादती नगर्न आग्रह गर्नुभएको थियो ।

संघका केन्द्रीय समितिका प्रदेश उपाध्यक्ष शंकर बिकको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, महासमिति सदस्य तथा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काजिमान श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश उपाध्यक्ष कृष्णप्रसाद वेलवासे, रुपन्देही जिल्ला अध्यक्ष तुलाराम गुरुङ्, संघकी जिल्ला अध्यक्ष विष्णुकला पाण्डे लगायतले भनाई राखेका थिए । कार्यक्रमको सञ्चालन ठानप्रसाद भुसालले गर्नुभएको थियो ।