बुटवल, १७ असोज । प्रहरीले चार्डपर्व लक्षित सुरक्षा योजना बनाएर शान्ति सुरक्षालाई चुस्त राख्नकालागि सोही अनुसार प्रहरी परिचालनको तयारी गरेको छ ।नेपालमा दशैं, तिहार, छठ लगायतका मुख्य पर्वहरु नजिकिँदै गर्दा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजनाको रणनीति बनाएको हो ।
प्रहरीले यात्रुको सहज यात्रा, चाडपर्वको अवसरमा हुने चोरीचकारी, रोजगारीमा रहेका नेपालीहरु घर फर्किदा सिमा क्षेत्रमा हुने ठगि तथा लामो दुरीका यात्रामा हुने लुटपाटलाई मध्येनजर गरि सुरक्षा रणनीति बनाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले जानकारी दिनुभयो ।
यात्रुको सहज यात्राकालागि रुपन्देही जिल्लाको ४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । यात्रुको सहज यात्रा व्यबस्थापनकालागि प्रहरीले रुपन्देहीको वेलहीया बसपार्क, भैरहवा बसपार्क, भैरहवा बुद्ध चोक र बुटवल बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिसकेको छ ।
यात्रामा रहेका यात्रुसंग तोकिएको भन्दा बढी भाडा असुल्ने, गन्तव्यमा नपु¥याई बिच बाटोमै यात्रु ओराल्ने यातायात व्यबसायी तथा चालकलाई कडा कारवाही गर्ने रणनीति प्रहरीले अख्तियार गरेको छ ।चाडपर्व नजिकिँदै गर्दा चाडपर्व लक्षित सुरक्षा रणनीतिकालागि जिल्ला सुरक्षा समितिको मंगलबार भैरहवामा बैठक बसेको थियो ।
उक्त बैठकले शान्ति सुरक्षालाई मजबुद बनाउने गरी रणनीति तय भएको र प्रदेश प्रहरी कार्यालयले स्वीकृति गरेपछि रणनीति अनुसारका कारवाही अंगाडी बढाउने जिल्ला प्रहरी कार्यालयले तयारी गरेको छ ।चाडपर्वको अवसर पारेर चोरी तथा लुटपाट हुन नदिनकालागि प्रहरीले व्यापक रुपमा प्रहरी गस्ति तथा पेट्रोलिङ् गर्ने, अन्य समयमा भन्दा बढी प्रहरी परिचालन गर्ने, हाईवे तथा जंगल क्षेत्रमा चोरी तथा लुटपाट हुन नदिन हाईवे गस्ति सञ्चालन गर्ने प्रहरीको तयारी छ ।
त्यस्तै विशेषगरी भारतमा रोजगारी गरी नेपाल फर्कने क्रममा सिमा क्षेत्रमा हुने चोरी तथा ठगि रोक्नकालागि प्रहरीले भारतीय प्रहरीसंग समन्वय गरेको छ भने जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन भईरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक थापाले बताउनु भयो । प्रहरीको प्रयास हुँदा हुँदै पनि कोही नेपाली त्यसरी ठगिने तथा लुटिने भएमा उसलाई सम्बन्धित ठाउँसम्म पु¥याईने पनि उहाँले बताउनु भयो ।