बुटवल ९ कार्तिक । विपि विचार राष्ट्रिय समाज रुपन्देहीको कार्य समिति विस्तार गरिएको छ । भर्खरै सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष शरद भट्टराईले शुक्रबार कार्य समिति विस्तार गर्नु भएको छ ।जसको उपाध्यक्षमा शारदा गौतम,सचिवमा कृष्ण प्रसाद पोख्रेल, सहसचिवद्धय गणेशचन्द्र पोख्रेल र नेत्र प्रसाद भट्टराई तथा कोषाध्यक्षमा रामकृष्ण पौडेल चयन हुनुभएको छ ।
साथै समाजको सदस्यहरुमा बासु रिमाल, सहिद मुसलमान, नारायण न्यौपाने, गुरु पराजुली, भाग्य वहादुर काउचा, अखिलेश्वर शुक्ला, दिपा अर्याल, टिका वहादुर श्रैष्ठ (सन्तोष),चन्द्रमान चौधरी, वाला घिमिरे, जमुना सापकोटा, उमानाथ पौडेल,अमृत पाण्डे, सबर मिया, राजु रोक्का, चित्र तुलाचन र चिरञ्जीवि ढकाल रहनु भएको छ ।
साथै निर्वाचत कार्य समितिको पद हस्तान्तरण आईतबार हुने समाजका सचिव कृष्ण प्रसाद पोख्रेलले जानकारी दिनुभयो । जिल्ला अधिवेशनको यसअघि नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोईरालाले उद्घाटन गर्नु भएको थियो ।