गौतमबुद्ध बिमानस्थल ६ महिलाभित्र सम्पन्न हुन्छ : मन्त्री अधिकारी

1.3K

गौतमबुद्ध बिमानस्थल ६ महिलाभित्र सम्पन्न हुन्छ : मन्त्री अधिकारी

बुटवल कात्तिक । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रनवे पिच गर्ने काम सुरु भएको छ । मंगलबारबाट विमानस्थलको रनवे पिच गर्ने काम सुरु भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पिच निर्माण कार्यको उद्घाटन गर्दै विमानस्थल निर्माणको सम्पूर्ण काम ६ महिनाभित्र सम्पन्न गरिसक्ने दावी गर्नुभयो ।

मन्त्री अधिकारीले हवाइ रुटका लागि भारतसँग छलफल भइरहेको र छिट्टै रुटको टुंगो लाग्ने जानकारी दिनुभयो । विमानस्थल निर्माणको धेरैजसो काम सम्पन्न भएका र पछिल्लो समयको कामको गतिलाई हेर्दा पनि ६ महिनाभित्र सञ्चालनमा ल्याउन सकिने उहाँको दाबी थियो ।

विमानस्थलमा पार्किङ एरियाको निर्माण कार्य सम्पन्न भएको र धावनमार्ग ओभरहेड ट्याङ्की, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर लगायतका निर्माण पनि अन्तिम चरणमा पुगेको बताईएको छ ।