मेडिकल कलेज घटना प्रकरणः छानविन समितिले बुझायो प्रतिवेदन

1.3K

मेडिकल कलेज घटना प्रकरणः छानविन समितिले बुझायो प्रतिवेदन

भैरहवा, कात्तिक । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एवं शिक्षण अस्पताल भैरहवामा बीडीएस तेस्रो वर्षमा अध्ययनरत २४ वर्षका महादेव शाहको उपचारका क्रममा मृत्युभएपछि भएको घटनालाई लिएर गठित छानविन समितिले आफ्नो प्रतिवेदन सम्वन्धित निकायमा बुझाएको छ ।

सोही कलेजमा अध्ययनरत केही विद्यार्थीले साथीको ज्यान गएपछि आवेशमा अस्पताल एवं संचारकर्मीको क्यामरासमेतमा क्षति पु¥याएका थिए । गतसाउन २० गते विद्यार्थी शाहको ज्यान जानुकासाथै अस्पतालमा अप्रिय घटना भएको थियो ।साथीको मृत्युसंग कलेज र अस्पताल प्रशासनको लापर्वाही एवं कमजोरीहरु उठाउदैं विद्यार्थीहरु आन्दोलित भएका थिए ।

उक्त घटनाको विषयमा तत्कालै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लुम्बिनी अञ्चल अस्पतालका मेडिसिन विभाग प्रमुख डा. विष्णु पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।तीन महिना लगाएर तयार पारेको प्रतिवेदन समितिले तिहार एवं छठपर्व अघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बुझाएको छानविन समितीका सदस्य एवं नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले जानकारीदिनुभयो ।

समितिले उक्त प्रतिवेदन मेडिकल कलेजका साथै स्वास्थ्य मन्त्रालयमा समेत पठाएको छानबिन समितिका संयोजक डा. पौडेलले जानकारीदिनुभयो । शाहको मृत्यु हुनुमा अस्पतालको मात्रै नभई स्वयम विद्यार्थीको समेत हेलचक्र्याई एवं लापर्वाही देखिएको समितिले जनाएको छ । यसैगरी समितिले उक्त घटनामा विद्यार्थीले संचारकर्मीको क्यामेरा नियतवश तोडफोड नगरी हुलदंगामा भागदौड गर्दा क्षति भएकाले क्यामेराको क्षतिपुर्ती र मृतक परिवारलाई प्रचलित कानुन बमोजिम राहत उपलव्ध गराउन प्रतिवेदनमा उल्लेख छ ।

अस्पताल परिसरभित्रै मेडिकल कलेजको होस्टेलमा बसी अध्ययन गर्दै आएका शाह गतसाउन १४ गते पिलोको अपरेसन गरी डिस्चार्ज भएका थिए । दुःखाई वढेपछि उनी साउन १८ गते पुनः मेडिकल कलेजको इमरजेन्सीमा भर्ना भई उपचार भैरहेकोमा भोलीपल्ट विहान ज्यान गएपछि आक्रोशित विद्यार्थीले तोडफोड गर्दै आन्दोलनमा उत्रेका थिए ।

अस्पताल एवं कलेजमा भएको अप्रिय उक्त घटनाले अझ बढी संवेदनशिल बनाएको हुदा छानविन समितिले दिएको प्रतिवेदन अध्यय
न गरी अगाडी बढ्ने मेडिकल कलेजका जनसम्पर्क अधिकृत एवं सूचना अधिकारी सुशील गुरुङले बताउनुभयो ।