बुटवल, मंसिर । लुम्बिनी ईट्टा उद्योग व्यबसायी संघ रुपन्देहीले तिलोत्तमा दैनिक पत्रिकाका सम्पादक खिमानन्द भट्टराईलाई सम्मान गरेको छ । लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका भट्टराई सहित अर्का पत्रकार डिआर घिमिरेलाई पत्रकारिताका माध्यमबाट औद्योगिक प्रवद्र्धनमा योगदान पु¥याएको भन्दै संघले सम्मान गरेको हो ।
संघको २० औं साधारण सभा तथा दशौं अधिवेशनको अवसरमा प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले पत्रकार द्वय भट्टराई र घिमिरेलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
सोही अवसरमा संघले पुराना ईट्टा व्यबसायीहरु बाबुराम आचार्य, स्वर्गीय विष्णुप्रसाद चौधरी (मरणोपरान्त), ताराप्रसाद सापकोटा, किशोर जयसवाल, भिमलाल अधिकारी तथा संघका संस्थापक अध्यक्ष रतनकुमार गुप्ता, पूर्व अध्यक्षहरु संघरत्न वज्राचार्य, महेन्द्रनारायण श्रेष्ठ र हरि अधिकारीलाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।