बुटवल, १६ मंसिर । नेपाली काग्रेसका नेता एवं प्रतिनिधि सभाका सार्बजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सरकारले राजनीतिक र बित्त अधिकार बिकेन्द्रित गर्न नसकेको बताउनु भएको छ । नेपाल प्रेस युनियनले आईतबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाले राजनीतिक र बित्त अधिकार बिकेन्द्रित नहुदा जनतामा संघीयता प्रति नै निरासा बढ्न सक्ने बताउनु भएको हो ।
‘प्रदेश अन्र्तगत प्रहरी प्रशासन छैन, सिडियो छैन बित्तिय श्रोतको बाडफाय गर्न बित्तिय आयोग बनेको छैन सबै संघीय सरकारले आफै गरीरहेको छ, यसले जनतामा कामै नगर्ने प्रदेश किन चाहियो ? भन्ने हुन सक्छ, समस्या ल्याउछ ।’ सभापति शाहले भन्नुभयो । शान्ति सुरक्षा, बिकास निर्माण र सुशासनमा सरकार पुर्ण रुपमा असफल भएको बताउदै उहाँले अदालतले नछोडन भनेका व्यक्तिलाई छोडेर राजनीतिक अराजकता बढाउन खोजेको पनि आरोप लगाउनु भयो ।
सार्बजनिक लेखा समितिका सभापति शाहले सरकारलाई पारदर्शी र जवाफदेही बनाउन बेरुजु फस्यौट र अनियमिततालाई सार्बजनिक लेखा समितिले प्राथमिकता दिएर अहिले शुक्ष्म ढंगले अध्ययन गरिरहेको बताउनु भयो । उहाँले वाइड बडी बिमान खरिददेखि एनसेन लाभकरका सम्वन्धमा समितिले प्राथमिकताका साथ अध्ययन गरीरहेको बताउनु भयो ।
सभापति शाहले भन्नुभयो–‘समितिको काम सरकारलाई पारदर्शी र जवाफदेही बनाउदै राजश्व बढाउन राज्यलाई सहयोग गर्ने पनि हो, मुलुको बिकासका लागि राजश्व आवश्यक छ, जहा जसले त्रुटि गर्छ त्यसलाई अध्ययन गरेर कारवाहीको सिफारिस गर्छौ ।’ कार्यक्रम युनियन रुपन्देहीकी सभापति रेखा भुसालको सभापतित्व र सहसचिव कल्पना तिवारीको सञ्चालनमा भएको थियो ।