बुटवल, १६ मंसिर । भिजन लुम्बिनी पब्लिक लिमिटेडले सेती नदि जलविद्युत आयोजनाको प्रारम्भिक काम सम्पन्न गरेको जनाएको छ । २५ मेघावाटको जलविद्युत आयोजनाको लागि सर्भेको सम्पूर्ण काम सम्पन्न गरी पिपीएको सम्झौता समेत गरेको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले जनाकारी गराउनु भयो ।
भिजन लुम्बिनीले त्यसका बारेमा जानकारी गराउनकालागि आईतबार बुटवल स्थित आफ्नै कार्यलयमा पत्रकार सम्मेलन गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरि कामको सुरु गर्न लागिएको बताउनु भयो ।
कास्की जिल्लाको माछापुछ्रे गाउँपालिकाको भराभुरीमा निर्माण हुने आयोजनाको लागि ५ अरब रुपैया लाग्ने पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आयोजनाको प्राविधिक पक्षको सबै काम सम्पन्न भईसकेको र अव निर्माणको काम सुरु हुने अध्यक्ष पोखरेलले बताउनु भयो । आयोजना निर्माणका लागि गत साउन १७ गते माछापुच्छे« गाउंपालिका वडानम्बर २ सँग १४ बुंदे सहमती गरिएको थियो । कार्यक्रममा ज्ञानेन्द्र कसजु, गोपालबहादुर पोखरेल, रतनलाल अग्रवाल, बालकृष्ण चापागाई, मनोज भट्टराई लगायतले आयोजनासंग सम्बन्धित जानकारी गराउनु भएको थियो ।
यस बाहेक भिजन लुम्बिनीले स्वास्थ्य विज्ञान प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान, अर्थ तथा वित्त प्रतिष्ठान, पर्यटन बिकास प्रतिष्ठान, व्यापार व्यबसाय प्रतिष्ठान, सञ्चार प्रतिष्ठान र अध्ययन अनुसन्धान तथा जनसम्पर्क प्रतिष्ठान बनाएको छ ।
जलविद्युत तथा उर्जा प्रतिष्ठानले सुरु गरेको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड अन्तरगत सेती नदि हाईड्रोपावरको काम सम्पन्न भएपनि प्रथमिकताका आधारमा एक एक गर्दै सबै प्रतिष्ठानले काम अंगाडी बढाउने भिजन लुम्बिनीले जनाएको छ ।