बुटवल, १६ मंसिर । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले अपराधि पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आईतबार मुलुकभर प्रदर्शन गरेको छ ।
निर्मलाको हत्यारालाई पक्राउ गरि कारवाही गर्न दवाव दिनकालागि देशभर प्रदर्शन गरिएको नेकपा रुपन्देहीका ईञ्चार्ज अमर आरसीले बताउनु भयो । पार्टीले देशरभ प्रदर्शन गर्ने क्रममा प्रदेश पाँचको राजधानी बुटवलमा पनि प्रदर्शन गरेको थियो ।
बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको प्रदर्शनमा पार्टीका नेता कार्यकर्ता तथा बिद्यार्थीले प्ले कार्ड सहित निर्मलाको हत्यारालाई चाडो पहिचान गरि कारवाही गर्न भन्दै नारावाजी गरेका थिए । प्रदर्शन बुटवलका बिभिन्न स्थानको परिक्रमा पछि ट्राफिकचोकमा पुगेर सकिएको थियो ।
विप्लव नेतृत्वको नेकपाले प्रदेर्शन गर्ने कार्यक्रम तय भएपछि आईतबार बुटवलका चोक चोकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।