शाइन रेसुङ्गा बैंकको दुई शाखा बिस्तार

1.3K

शाइन रेसुङ्गा बैंकको दुई शाखा बिस्तार

बुटवल, २६ मंसिर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले रुपन्देहीको शंकरनगर र नवलपरासीको सुनवलमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा विस्तारसंगै बैंकको शाखा संख्या ३८ पुगेको छ भने एउटा एक्सटेन्सन कार्यालय रहेको छ । बैंकले निकट भविष्यमा रुपन्देहीको कोटीहवामा थप शाखा कार्यालय विस्तार गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।

बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माण गरिरहेको बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिङ् पहुंच पु¥याउने रणनीति अनुरुप शाखा बिस्तारको कामलाई तिव्रता दिएको बैंकले जनाएको छ ।

चुक्ता पूँजी १ अर्व ६२ करोड रहेको शाइन रेसुंगा बैंकले १५ अर्व ५५ करोड निक्षेप परिचालन गरि १४ अर्व कर्जा लगानी गरेको छ । बैंकले रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तम्घास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तु जिल्लाको चन्दौटा शाखा कार्यालयवाट ३६५ दिन नै बैंकिङ् सेवा प्रदान गर्दै आएको छ ।