बुटवल । नेपाल ईन्जिनियर्स एशोसियसनको शुक्रबार सम्पन्न अधिवेशनबाट प्रदश पाँचमा लोकतान्त्रिक प्यानलले वर्चश्व कायम गरेको छ । शुक्रबार दिउसो भएको निर्वाचनको राती प्राप्त मतपरिणाम अनुसार पदाधिकारी सहित ४ सदस्य लोकतान्त्रिक प्यानलको आएको छ भने बाँकी ६ सदस्य पदमा प्रगतिशिल समुहबाट आएको छ । प्रदेश सभापतिमा लोकतान्त्रिक प्यानलका उम्मेदवार कुशुमराज ज्ञवाली ४५ मत अन्तरले विजयी हुनु भएको छ । उहाँले कुल ३२७ मत प्राप्त गर्दा प्रगतिशिल समुहबाट अध्यक्षका उम्मेदवार छविन्द्र भट्टराईले २८२ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उपसभापति पदमा निवेशकुमार शर्मा ३१२ मत सहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी प्रगतिशिलका रामधन श्रेष्ठले २८८ मत प्राप्त गर्नुभएको थियो । सविचमा विश्वरञ्जन मिश्र ३३६ मत सहित विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी प्रगतिशिलका अच्युतराज तिमिल्सिनाले २७० मत प्राप्त गर्नुभएको थियो । सहसचिव पदमा ३४३ मत सहित यादव नेपाल निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी प्रगतिशिलका भेषराज भुसालले २६३ मत प्राप्त गर्नुभएको थियो । भने कोषाध्यक्ष पदमा लोकतान्त्रिक समुहबाटै ३०५ मत सहित अमित खनाल निर्वाचित हुनु भएको छ । उहाँका प्रतिद्वन्द्वी दिपक भट्टराईले २९६ मत प्राप्त गर्नुभएको छ । यस प्रदेशबाट केन्द्रीय सदस्यमा सय मतको अन्तरले लोकतान्त्रिक समुहका पारस खड्का विजयी हुनु भएको छ । विजयी खड्काले ३४९ मत प्राप्त गर्दा प्रगतिशिलका खुमलाल बुढा क्षेत्रीले २४९ मत प्राप्त गर्नुभएको थियो । कार्यसमितिको १० सदस्य पदमा लोकतान्त्रिक प्यानलबाट चार जना निर्वाचित भएका छन् भने प्रगतिशिलको समुहबाट ६ जना सदस्य निर्वाचित भएका छन् । कार्यसमितिमा लोकतान्त्रिक समुहबाट महेश्वर लम्साल, सुजाता ढकाल, सुरज केसी, दिपकजंग चौधरी निर्वाचित भएका हुन् भने प्रगतिशिल समुहबाट लालबहादुर बुढा, दिपक कवँर, प्रभा पाण्डे, किरण काफ्ले, रामु श्रेष्ठ र अरुण खनाल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
कार्यसमितिको १० सदस्य पदमा लोकतान्त्रिक प्यानल