श्रीमानको हत्या गर्ने श्रीमती र प्रेमीलाइ जन्मकैद

1.3K

श्रीमानको हत्या गर्ने श्रीमती र प्रेमीलाइ जन्मकैद

अर्घाखाँची, १९ पुस । प्रेमीसंग मिलेर आफ्नै श्रीमान धन बहादुर घर्तीको हत्या गरि बोरामा बांधेर डिभर्नाको जङ्गलमा फाल्ने श्रीमती र उनका प्रेमीलाइ जिल्ला अदालत अर्घाखाँचीले जन्मकैदको फैसला सुनाएको छ । माइती घरमा आएको समयमा श्रीमानको हत्या गर्ने कपिलवस्तुकी राधा घर्ती र उनका प्रेमी रमेश वि.क.लाई जिल्ला अदालतले जन्म कैदको फैसला सुनाएको हो ।
सोही घटनामा संलग्न राधाकी आमा बसुन्धरा बस्याललाई अदालतले ५० हजार जरिवानाको फैसला सुनाएको छ । गत भदौ १८ गते सोमबार सन्धिखर्क नगरपालिका–१२ बस्यालटोला नजिकै बोरामा फालेको अबस्थामा शब भेटिएको र शबको पहिचान समेत भएको थियो ।
सन्धिखर्क–१२ बस्याल टोलाको चिलियाथुम खोल्सामा भेटिएको शब कपिलबस्तु वाणगंगा नगरपालिका वडा नम्वर–७ धैरेनीडाँडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको रहेको पुष्टी भएको थियो । जसको हत्यारा उनकै श्रीमती हुन ।
घटनाका अभियुक्त रमेश विक र राधा घर्ती विच विगत ८ बर्ष देखि माया प्रेम रहेको र विवाह गरि घरजम गर्ने उद्देश्यका साथ नियोजित ढंगबाट धनबहादुरको हत्या गरेको प्रहरी समक्ष उनीहरुले साविति वयान दिएका थिए ।
कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निवासी ३३ बर्षिय राधा घर्ती मगरकाल श्रीमान धन बहादुर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यहि मौका छोपी भदौ १० गते रुकुम घर बताउने राधाका प्रेमी रमेश विक बिदेशबाट राधाको घरमा आए र ३ दिन राधा संगै घरमा बसे ।
राधा, राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तुबाट अर्घाखाँचीको यात्रा तय गरे । सन्धिखर्कबाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका वडा नम्वर १२ डिभर्नाको बस्याल टोला पुगे ।
उता दशैमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धन बहादुर अचानक घर आए । घरमा श्रीमतीलाइ देखेनन् । श्रीमती नदेखेपछि फोन गरे । फोनमा किन नभनि माइति गएको भनेर कुराकानी भयो । कुराकानीकै क्रममा वादविवाद भयो । दुबै जनाको चर्काचर्की पछि राधाले म भोलि आउछु भनिन त्यतिकैमा उनीहरुको कुराकानी सकियो ।
धनबहादुर एक्कासी १३ गते सांझनै ससुराली डिभर्ना आइपुगे । ससुरालीमा पुग्दा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरु विच भनाभन सुरु भयो । भनाभन पछिको उग्र रुपले धनबहादुरको हत्या भयो ।
राधाकी आमाले जंगलको ठाउँ बताएपछि हत्या गरेर बोरामा बांधेर जंगलमा फालेको राधा, रमेश र राधाकी आमाले प्रहरी समक्ष स्वीकार गरेका थिए ।
गएको भदौ १८ गते डिभर्ना बस्याल टोलाका महिलाहरु ख¥यानमा घांस काट्न गएको समयमा गन्ध आएपछि के मरेछ भनेर हेर्दै जांदा अनुहारनै नचिनिने अबस्थामा पुरुषको शब देखेका थिए । शब देखेपछि ती महिलाहरुले प्रहरीलाइ खबर गरेका थिए ।
बेवारिसे शब भेटिए पछि प्रहरीले अनुसन्धान थालेको थियो । वेवारिसे शब भेट्टिएको २ दिन पछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने आफ्नो श्रीमान धनबहादुरको हुन सक्ने भन्दै गएको मंगलबार राती श्रीमती राधा घर्ती जिल्ला अस्पतालमा आएर शब हेरिन । शब हेरेपछि आफ्नो श्रीमानको शब होइन भनेर फर्किइन । प्रहरीले राम्रो संग हेर्न आग्रह गर्दा समेत उनले मेरो श्रीमानलाइ मैले भन्दा अरु कस्ले चिन्न सक्छ शब मेरो श्रीमानको होइन भनेर राधा राती नै घर फर्केकी थिईन ।
प्रहरीले राधालाइ पुन जिल्ला प्रहरी कार्यलयमा बोलायो र शबको बारेमा गहिरो अनुसन्धान सुरु ग¥यो । अनुसन्धानको क्रममा प्रहरी संग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर झुटो वयान दिएकी थिईन् । प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा राधाले नै आफ्नो प्रेमी संग मिलेर हत्या गरेको पुष्टि भएको हो ।