बुटवल, ११ माघ । नेपाली काँग्रेस रुपन्देहीले सरकारविरुद्ध बुटवलमा प्रदर्शन गरेको छ । सरकारले शान्ती प्रकृयाका सम्वाहक नेपालको संविधान निर्माता गिरिजा प्रसाद कोइराला र सुशिल कोईरालाको नाममा स्थापित अस्पतालहरुलाई बिघटन गर्न लागेको भन्दै काँग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ ।
बुटवलको अस्पताललाईन बाट शुरु भएको विरोध ¥याली ट्राफिक चोक पुगेर कोणसभामा परिणत गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै काग्रेस रुपन्देहीका सभापति तथा पुर्वराज्यमन्त्रि अब्दुल रज्जाकाले सरकारले सर्वसत्तावादी सोच तत्काल नत्यागुन्जेल र मन्त्री परिषदको निर्णय तत्काल खारेज नगरुन्जेल सम्म नेपाली काँग्रेसले अझ सशक्त रुपमा आन्दोलन गर्ने बताउनु भयो । साथै कम्युनिष्ट सरकार अधिनायकवाद र सर्वसत्तावाद बन्दै गएको भन्दै संविधान भन्दा माथि नजान चेतावनी दिनुभएको छ ।
सभामा काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, युवा नेता बिष्णु पोखरेल, सैनामैना नगर सभापति राम प्रसाद अधिकारीले शान्तिका नायक गिरिजा प्रसाद कोईराला र संविधान निमार्ण शुशिली कोईरालाको नाममा रहेको श्वासप्रशास र क्यान्सर अस्पतालको नाम हटाउने निर्णयबाट सरकार पछी नहटेसम्म काग्रेसले शसक्त आन्दोलन गरीरहने र नेपाली काँग्रेस राणा, पञ्चायत र राजासँंग नझुकेको स्मरण गराउंदै ओली संविधानभन्दा माथि रहेर काम गर्न खोजे ज्ञानेन्द्रकै हालत हुने चेतावनी दिनु भयो ।

