कपिलवस्तु ,माघ । स्थापनाकालको छोटो समयमै आफुलाई राष्ट्रिय स्तरमा चिनाउन सफल कपिलवस्तुको पिपरास्थित हिलवर्ट इङलिस बोर्डिङले स्कुलको १० औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मङगलवार विभिन्न कार्यक्रम गरी मनाएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश ५का सांसद विष्णु पन्थीले कपिलवस्तुको बाणगंगा नगरपालिका जिल्लाकै शैक्षिक हव बन्दै गईरहेको बताउनु भएको छ ।

जिल्लामा धेरै गुणस्तरीय शिक्षा दिने नीजि तथा सामुदायिक विद्यालय रहेको भन्दै उहाँले अव कुनै विद्यार्थीले गुणस्तरीय शिक्षा आर्जन गर्न बाहिरी जिल्ला जान नपर्ने बताउनु भएको छ । बाणगंगा नगरमै पनि सामुदायिकतर्फ जनता मावि पिपरा, पञ्च निमावि वैजलपुर, संस्कृत तर्फ मनकामना गुरुकुलम विद्यापीठ र नीजि तर्फ हिलवर्ट जस्ता रहेको भन्दै सांसद पन्थीले अब उच्च शिक्षाकै लागि आफ्ना छोराछोरीलाई जिल्ला बाहिर नपठाउन अभिभावकलाई आग्रह समेत गर्नुभयो । साथै नीजि विद्यालय संग सहकार्य गरेर राज्य अघि बढ्नु पर्दछ । अव सरकारले निजि क्षेत्रलाई हेर्ने सोच परिर्वतन हुने विश्वस्त पार्दै पन्थिले शिक्षामा ढुक्क भएर लगानी गर्न लगानीकर्ता लाई आह्वान गर्नुभयो ।
बाणगंगा नगरका शिक्षा शाखा प्रमुख खिमबहादुर जिसीले अवको युग बिज्ञान र प्रविधीको युग भएको उल्लेख गर्दै युग अनुसारको व्यबहारिक शिक्षा आवश्यक रहेको बताउनु भयो । उहाँले बिद्यालय शिक्षा वेरोजगार जनशक्ति उत्पादन गर्ने साधन नभई पूर्ण रोजगार मुलक र असल नागरिक उत्पादन गर्ने साधन हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली , बाणगंगा नगरपालिका वडा नम्बर २ का अध्यक्ष विष्णु पौडेल, प्याप्सनका केन्द्रिय सल्लाहकार लोकनाथ उपाध्याय , एभरेष्ट उच्च मावि बुटवलका प्राचार्य कृष्ण न्यौपाने, जिनियस एकेडेमी काठमाण्डौँका सिइओ कमल नेपाल, रेडियो मायादेवीका स्टेशन म्यानेजर चन्द्रकान्त न्यौपाने, भूतपूर्व शिक्षक शुशिल पौडेल भूत पूर्व विद्यार्थी मञ्चकी अध्यक्ष उपमा अधिकारी, प्याप्सन कपिलवस्तुका अध्यक्ष शिव गैरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा विद्यालयले संचालन गरेको खेल सप्ताहमा उत्कृष्ट हुने विद्यार्थीलाई मेडलले सम्मान गरेको छ । यसैबीच गत बर्षको एसइइ परीक्षामा ए प्लस ग्रेड ल्याउने विद्यार्थीलाई विद्यालयले विशेष सम्मान गरेको छ । एसइइ मा सम्मिलित ३७ जनामध्ये ए प्लस अंक ल्याउने १९ जना विद्यार्थी र अभिभावकलाई नगद ५ हजार, गोल्ड मेडल र दोसल्ला ओढाएरले सम्मान गरिएको थियो ।
यस्तै विद्यालयले सो नतिजा हासिल गराउने खट्ने सम्पूर्ण विषय शिक्षकलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यार्थीले बिभिन्न संस्कृति झल्कने सांस्कृतिक झाँकी,नृत्य सँगै शैक्षिक प्रदर्शनी पनि गरेका छन् । दशौँ बार्षिक उत्सवलाई भव्य बनाउन विद्यालयले साताव्यापी रुपमा सरसफाई कार्यक्रम, प्रभात फेरी, जेष्ठ नागरिक सम्मान र भूपु विद्यार्थी पुनर्मिलन कार्यक्रम गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक खनालको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका प्रार्चाय सुरेन्द्र पाण्डेले विद्यालयको वार्षिक प्रतिवेदन र भावी योेजना प्रस्तुत गर्नु भएको थियो