मेगा शैक्षिक मेला -२०७५ को तयारी पुरा

1.3K

मेगा शैक्षिक मेला -२०७५ को तयारी पुरा

बुटवल, फागुन । भोलि शुक्रवार देखि बुटवलको सिद्दार्थ कटेजमा हुने तेस्रो संस्करणको ‘मेगा एजुकेशन फेयर’ को तयारी पुरा भएको छ । शैक्षिक मेला फागुन ३ र ४ विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ ।

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीका लागि इभेन्ट कम्पनी ‘वान अप’ ले आयोजना गरेकोे फेयरमा वैदेशिक उच्च शिक्षा अध्ययनका लागि रोजाई रहेका मुलुकहरु अष्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापान लगायतका अन्य देशको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृतिको विषयमा पर्याप्त सूचना प्रवाह गर्ने उदेश्यले शैक्षिक मेलाको आयोजना गरिएकोे आयोजक ‘वानअप’का म्यानेजर भोला पोखरेलले जानकारी गराउनु भयो ।

बुटवल र आसपासका ‘प्लस टु’ उत्तिर्ण विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै यो शैक्षिक फेयर आयोजना भएको हो । फेयरमा सहभागी भएर विद्यार्थी र अभिभावकहरुले वैदेशिक शिक्षा र त्यसको लागि आवश्यक ‘प्रोसेसिङ’को बारेमा जानकारी लिन सक्नेछन् । ‘एउटै स्थानमा धेरैवटा अनुभवी शैक्षिक परामर्श केन्द्र र विदेशी कलेज तथा यूनिभर्सिटीको प्रतिनीधिहरुबाट जानकारी लिन पाउने अवसर हुने भएकोले विद्यार्थीहरुका लागि यो निकै लाभदायक छ ।’

एजुकेशन फेयरको टाइटल स्पोन्सर स्टडि वल्ड रहेको छ । यस फेयरको इन अशोसिएसन वीथमाग्रेस न्टरनेशनल, मेनस्पोन्सरमा युनिक्याम्पसग्लोबल , पावर्डबाईमाकंगारू एजुकेसन, सपोर्टेडबाइमाराइटपाथ, प्लाटिनमस्पोन्सरमा ग्लोबलरिच, डाईमण्डस्पोन्सर्समाएजुकेसनपार्क, गोल्डस्पोन्सरमाबौद्घ अव्रोड एजुकेसन, सिल्भरस्पोन्सरमास्टडि एक्सप्रेस, ब्रन्जस्पोन्सरमाइप्लानेट र स्पोन्सर्समा इन्लाइटन इन्टरनेशनल, विन इन्टरनेशनल र एइ ग्लोबल रहेका छन ।

आफ्नै शहरमा विश्वप्रशिद्ध कलेजका प्रतिनीधिहरुसँग साक्षात्कार गरि त्यहाँको बारेमा जानकारी लिन सक्ने भएकोले विद्यार्थी र अभिभावकहरुले पनि निकै चासो दिएको आयोजकले जनाएको छ । फेयरमा उत्कृष्ट कलेज र युनिर्भ््िसटि तथा कन्सल्टेन्सिहरुसहित शैक्षिक परार्मश दातृ संस्था, आईडिपि अष्टे«लिया लगायत सहभागी छन् । जहाँ नेपाल सरकार शिक्षा मन्त्रालयबाट जारी परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्दे््िशका २०७३ वमोजिम शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखा शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरु रहेको आयोजकले जनाएको छ ।

आईडिपि आइएलटीएस प्रस्तुती रहेको यस फेयरमा विद्यार्थीले अस्ट्रेलिया, अमेरिका, न्यूजील्याण्ड, जापानलगायतका अन्य देशका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउन सक्नेछन् । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिएको छ ।

विद्यार्थीहरुलाई उपहारै उपहार प्रत्येक दिन फेयर आउने हरेक विद्यार्थीहरुलाई विशेष उपहारसहितको विशेष अफरहरु पनि रहेको आयोजकले जनाएको छ । फेयरमा आउने सुरुका ५ सय जनालाई हरेक दिन विशेष उपहार दिइने आयोजकले जनाएको छ । त्यस्तै, मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये ‘लक्की ड्र’मार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीलाई विशेष बम्पर उपहार समेत व्यवस्था गरिनेछ । ‘आइएलटिएस’ विशेष तयारी कक्षा साथै फागुन ४ गते ‘आइएलटिएस’ अष्ट्रेलियाको आयोजनामा ‘आइएलटिएस’ विशेष तयारी कक्षा समेत आईडीपि अष्ट्रेलियाकै प्रतिनिधिबाट गराउने वन अफले जनाएको छ । भने टेस्ट प्रिपेरेशन सम्बन्धी विशेष अफर समेत रहेको छ ।

यो संगै फेयरमा सहभागिता जनाउने विद्यार्थीहरुले स्थानीयस्तरमा ‘आइएलटिएस’ कक्षा अध्ययनको लागि विशेष छुट समेत पाउनेछन् । यस फेयरमा विभिन्न कलेज तथा युनिर्भ््िसटिका प्रतिनिधिहरुबाट छात्रवृत्ति सम्बन्धी जानकारी, आईएलटिएसमा उच्च अंक प्राप्त गर्ने तरिका तथा करियर काउन्सिलिङलाई प्रमुखताका साथ जानकारी गराइने बताइएको छ । विद्यार्थीहरुलाई वैदेशिक अध्ययनमा जाँदा कुनै समस्या नहोस् भन्ने हेतुले यो फेयर आयोजना गरिएको ‘वान अप’ ले जनाएको छ ।