बुटवल, ५ फागुन । बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपमा सडेन डेथको साहारा लिँदै घरेलु टिम लाली रुपन्देही ११ सेमिफाईनलमा प्रवेश गरेको छ । आईतबार सिधै क्वाटर फाईनलमा सुनसरी ११ संग प्रतिप्रर्धा गरेको रुपन्देही सडेन डेथका आधारमा सेमिफाईनलको यात्रा तय गरेको हो ।
निर्धारित समयमा गोलसहित बराबरीमा खेल सकिएपछि खेललाई पेनाल्टीमा लगिएको थियो । पेनाल्टीमा पनि दुबै टिमबाट समान तीन गोल भएपछि सडन डेथका आधारमा निर्णय लिईएको हो । सडेन डेथमा सुनसरीका उमेश राईको प्रहारलाई बिपक्षि रुपन्देही ११ का गोलकिप्पर किशोर गिरीले असफल बनाएपछि घरेल रुपन्देही ११ को सेमिफाईनलको यात्रा सुनिश्चित बनेको हो । सडेन डेथमा रुपन्देही ११ का सबि गुरुङ् र निशान न्यौपानेले हानेको प्रहार गोलमा परिणत भएको थियो भने सुनसरीका रमेश राजबंशीले गरेको प्रहार गोल भएको थियो ।
त्यस अंघी पेनाल्टी सुटमा सुनसरी ११ का मनिन्द्र याखा र दिपेन तापाङ्को प्रहार असफल भएको थियो भने रोषन भुजेल, जीवन राजधामी र क्याप्टेन तिर्थ बस्नेतको प्रहालले जाली चुमेको थियो । यता रुपन्देही ११ का अनुप गुरुङ् र गोल्ड किप्पर किशोर गिरीको प्रहार असफल भएको थियो भने बिदेशी खेलाडी रामजी, कुलदिप कार्की र विश्वाश श्रेष्ठको प्रहारले जाली चुमेको थियो ।
अत्यन्तै कडा प्रतिस्पर्धामा भएको खेलमा दुबै पक्षबाट पटक पटक भएका गोलका प्रयास असफल बनेका थिए । खेलको सुरुवाती समेदेखि पाहुना टोली सुनसरी ११ ले घरेलु टोली रुपन्देही ११ लाई दवावमा राखेको थियो । यता घरेलु टोली रुपन्देही ११ खेलाडी बिचको तालमेलको अभावमा घरेलु मैदान र पाएको अवसरलाई समेत सदुपयोग गर्न सकेन । सोमबारको खेल च्यासल युवा क्लव र संकटा क्लव बिच हुनेछ ।
