शँकरनगर र कोटिहवामा शाइनका नयाँ शाखा

1.3K

शँकरनगर र कोटिहवामा शाइनका नयाँ शाखा

बुटवल, ९ फाल्गुण । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले तिलोत्तमा नगरपालिकाको शँकरनगर र कोटिहवामा शाखा कार्यालयको उद्घाटन गरेको छ ।
शँकरनगर शाखा कार्यालयको प्रदेश नम्वर ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले र कोटिहवा शाखाको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले उदघाटन गर्नुभयो ।
शँकरनगर शाखा कार्यालयको उद्घाटन गर्दै मन्त्री गिरीले मुलुकको आर्थिक समृद्धिका लागि बैक तथा बित्तीय संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले जनता मार्फत बैंकहरुले संकलन गरेको रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउन र सरकारले तर्जुमा गरेका योजनामा लगानी गर्न बित्तीय संस्थाको महत्वपूर्ण भुमिका रहने बताउनु भयो । मन्त्री गिरीले ५ नं. प्रदेशका प्रत्येक घरमा बैंकको सेवा प्रवाह गर्ने बैंकको योजनालाई प्रदेश सरकारले समेत सहयोग गर्ने आश्वासन दिनुभयो ।
सोही अवसरमा बैंकले शँकरनगरका स्थानीय जेष्ठ नागरीकहरु १ सय बर्षीय गायत्री ज्ञवाली, ९३ बर्षीय लालबहादुर खड्का, ८९ बर्षीय कविराज गुरुङ्ग, ८७ बर्षीय पुर्णभद्र तिवारी र ८६ बर्षीय सुमित्रा पोखरेल तथा स्थानीय शान्तिटोल आमा समूहका अध्यक्ष सिता अर्याल, कालिका परोपकारी आमा समूहका अध्यक्ष गंगा खरेल, जनजागरण आमा समूहका अध्यक्ष गोमा खड्का, स्वास्थ्य आमा समूहका अध्यक्ष सरस्वती बराल, नमुना आमा समूहका अध्यक्ष बिष्णुमाया पोखरेल र महिला उद्यमी संगिता गौतम अर्याललाई सम्मान गरेको थियो ।
कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी. कण्डेल, रेडियो लुम्विनीका अध्यक्ष ईञ्जिनियर दुजेन्द्र बस्नेत, महिला उद्यमी संगिता गौतम अर्याललगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
यसैगरी कोटिहवा शाखा कार्यालयको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले लिएको सबै नगरबासीको बंैक खाता अभियानलाई सहयोग गर्न र बैकको लगानीलाई नगरको समृद्धिसंग जोड्न आग्रह गर्नुभयो । उहाँले अहिले पनि बैंक तथा बित्तीय सस्थाको प्रक्रियागत झण्झटका कारण धेरैले व्यक्तिगत गैरकानुनी महंगो कर्जामा काम गरिरहेकोले त्यस प्रकारका ब्यक्तिहरुलाई सहज रुपमा सेवा प्रवाह गरी उनीहरुको रकम र लगानीलाई पनि समृद्धिको यात्रामा लगाउन शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक सफल हुनेमा बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका उपाध्यक्ष कृष्णप्रसाद बस्याल, तिलोत्तमा व्यापार संघका उपाध्यक्ष बाबुलाल भुसाल, अष्ट्रिच नेपाल प्रा.लि.का अध्यक्ष सि.पि. शर्माले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको कुशल व्यवस्थापन र सहज सरल सेवा प्रवाहका कारण नै छोटो समयमा जनतामा राम्रो बित्तीय प्रभाव कायम गर्न सकेको बताउनु भयो ।
सो अवसरमा बैंकले स्थानीय जेष्ठ नागरिकहरु ९० वर्षीय लक्ष्मी कोइराला, ८४ बर्षीय जंगबहादुर गुरुङ्ग, ८३ वर्षीय एकदेव पाण्डे, ८२ वर्षीय हरीकला पाण्डे र ८१ वर्षीय सैना गुरुङ्ग तथा प्रगतिशिल आमा समुहका अध्यक्ष लक्ष्मी घिमिरे, दुर्गा आमा समुहका अध्यक्ष राधा कोइराला, पशुपति आमा समुहका अध्यक्ष योगमाया पाण्डे र कालिका आमा समुहका अध्यक्ष मिना पाण्डेलाई सम्मान गरेको थियो ।
बैकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षता र बैंकका प्रमुख जोखिम अधिकृत सिए यशोधन पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्थानीय पूँजी, स्थानीय श्रम, स्थानीय विकास, स्थानीय सम्बृद्धि भन्ने मूल नाराका साथ यस क्षेत्रमा सञ्चालित बैंकले स्थानीय जनताको आवश्यकताका आधारमा गुणस्तरीय र सर्बसुलभ बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको जानकारी गराउनु भयो ।