रुपन्देहीको देवदहमा मणिद्वीप धाम बन्ने

1.3K

रुपन्देहीको देवदहमा मणिद्वीप धाम बन्ने

बुटवल, ९ फागुन । रुपन्देहीको देवदहमा बहुउपयोगी गुरुयोजना सहितको देवदह मणिद्वीप धाम बन्ने भएको छ । झण्डै ७ करोड लागतमा बन्न थालेको धाममा जेष्ठ नागरिक मिलन केन्द्र, अतिथि गृह ‘धर्मशाला’, ब्यापारिक सटर, बाल उद्यान, भजन मण्डलीहल लगायतका भौतिक संरचनाहरु निर्माण गरिने भएको छ । स्थानीय दुर्गा पञ्चायन मन्दिर संरक्षण समितिले निर्माण गर्न थालेको मणिदीप धाम आउने ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि निर्माणको काम बिहीबारदेखि सुरु गरेको हो ।
देवदह शितलनगर चोक उत्तरको १० कट्ठा बढी जग्गामा विस २०८० भित्र बहुउपयोगि गुरुयोजना सहितको देवदह मणिदीप धाम बन्ने छ । मणिदीप धाम भित्र दुई करोड ५० लाखको जेष्ठ नागरिक मिलन केन्द्र, एक करोड ८० लाखको अतिथी गृह, ३५ लाखको आकर्षक बगैचा, ३० लाखको पुजारी घर, ५० लाखको ब्यवसायिक सटर भवन, १५ लाखको भजन मण्डलीहल, १६ लाखको आकर्षक प्रबेश द्वार, ९ लाखको बाल उद्यान लगायतका संरचनाहरु बन्ने छन् । मणिदीप धाम भित्र पार्किङ्ग स्थल, ढल निकास, शिस महल, पानी टंकी लगायतका अन्य संचरनाहरु पनि निर्माण गरिने छ । त्यसका लागि अहिले ६ करोड ७५ लाखको बजेट अनुमान गरिएको दुर्गा पञ्चायन मन्दिर संरक्षण समितिका अध्यक्ष रमेशचन्द्र रेग्मीले जानकारी दिनुभयो । मणिदीप धाम निर्माणका लागि यसअघि संचालन गरेको महायज्ञबाट समितिले ७८ लाख संकलन गरिसकेको र धाम निर्माण सम्पन्न गर्नका लागि बाँकी रकम विभिन्न संघसंस्था र ब्यक्तिसँग सहयोग संकलन भइरहेको समेत अध्यक्ष रेग्मीले बताउनु भयो ।
निर्माण हुने मणिद्वीप धामको प्रदेश पाँचका प्रदेश सांसद डाक्टर कृष्ण न्यौपाने र देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले बिहीबार संयुक्त रुपमा शिलन्यास गर्नुभएको हो । शिलन्याश गर्दै प्रदेश सांसद न्यौपानेले बुद्ध मावली देवदहलाई पर्यटकीय नगरिका रुपमा विकास गर्न धाम निर्माणले सहयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो– ‘अव जेष्ठ नागरिक रमाउने, नाँच्ने र आफुलाई भुलाउने जेष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीकै गहना बन्नेछ, अव देवदह क्षेत्रका जेष्ठ नागरिकहरु वेसहारा हुनु पर्दैन ।’
कार्यक्रममा देवदह नगर प्रमुख हिराबहादुर खत्रीले धार्मिक सद्भाव कायम गर्नका लागि पनि धाम बहुउपयोगि हुने बताउनु भयो । उहाँले देवदहमा रहेका जुनसुकै धार्मिक स्थलहरुको विकास र संरक्षणका लागि नगरपालिका सदैव सकारात्मक रहेको धारणा राख्नुभयो । उहाँले समृद्ध मुलुकका लागि आध्यात्मिक जागरण तथा भौतिक संरचना निर्माणले महत्वपुर्ण योगदान पु¥याउने वताउनु भयो ।
अबको पाँच वर्षमा निर्माण पुराहुने धामको ब्यापारिक सटरका लागि प्रस्ताव आह्वान गरिने धाम निर्माण समितिका अध्यक्ष चेतप्रसाद बस्यालले बताउनु भयो । धाम निर्माणका लागि बनेको २१ सदस्यीय समितिले सबै भौतिक संरचना निर्माणका लागि अबको एक साताभित्र टेण्डर आह्वान गर्ने जनाएको छ ।