बुटवल, १० फागुन । आयोजक लाली रुपन्देही ११ लाई २ शुन्यमा पाखा लगाउँदै समुह ‘क’ बाट दाफिन्स फूटवल क्लव क्यामरुन बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्ड कपको फाईनमा पुगेको छ । क्याम्परुनका डिडर टिनाको दुई गोलको योगदानले टिमलाई फाईनलमा पु¥याएको हो ।
पोखराको मनकामना कप र पूर्वको बुढासुब्बा कप उचालिसकेको क्यामरुन रुपन्देहीको बुटवलमा सञ्चालित तिलोत्तमा गोल्ड कपको उपाधि नजिक पुगेको हो । बुटवल देवीनगर स्थित फिफा टेक्निकल सेन्टरको खेल मैदानमा समुह ‘क’ बाट आयोजकलाई शुन्यमा रोक्दै क्यामरुनले दुई गोल गरेर फाईनलको यात्रा तय गरेको हो ।
खेलको सुरुवाती समयमै आयोजक रुपन्देहीका बुसेरीले डिबक्स भित्र ह्याण्ड फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेलको दोस्रो मिनेटमै क्यामरुनका डिडर टिनाको प्रहार गोलमा परिणत भएको थियो । खेलको सुरुवाती समयदेखिनै खग्रता कायम गरेको क्यामरुनले रुपन्देहीको आक्रामक खेलका कारण पहिलो हाफमा भने थप गोल गर्न सकेन ।
खेलमा दोस्रो हाफको २४ औं मिनेटमा विपक्षि टिमको डिवक्स भित्र रुपन्देहीका खेलाडी निरज बस्नेतलाई आक्रमण गरेपछि क्यामरुनका यानिकलाई रेफ्रीले सिधै रेडकार्ड दिएर खेलबाट आउट गरिदिएका थिए । १० खेलाडीमा सिमित बनेको क्यामरुनका अंगाडी आयोजक रुपन्देहीले पाएका अवसरलाई समेत गुमाउनु परेको थियो ।
घरेलु दर्शकको राम्रो समर्थन प्राप्त गरेको आयोजक टिमले गोल गर्न नसकेपछि समर्थकहरु निराश भएका थिए । दोस्रो हाफको ४० औं मिनेटमा क्यामरुनका डिडर टिनाले पुनः अर्को गोल गरेपछि रुपन्देहीका घरेलु दर्शक थप निराश हुँदै मैदानबाट बाहिरीएका थिए ।
शनिबार अन्तिम सेमिफाईनल खेल समुह ‘ख’ बाट दार्जिलिङ् युनाईटेड भारतलाई पाखा लगाएको नेपाल पुलिस क्लव र मनाङ् मस्र्याङ्दीलाई पाखा लगाएको च्यासल युथ क्वल बिच हुने आयोजक जिल्ला फूटवल संघ रुपन्देहीले जनाएको छ । शुक्रबारको खेलमा आयोजक लाली रुपन्देहीका मनोज श्रेष्ठ म्यान अफ द म्याच हुँदै १० हजार रुपैंया नगद पुरस्कार प्राप्त गरेका छन् ।
