पाँचौं देवदह मेला : निःशुल्क माटो परिक्षण गरिने

1.3K

पाँचौं देवदह मेला : निःशुल्क माटो परिक्षण गरिने

बुटवल, १४ फागुन । देवदह उद्योग बाणिज्य संघको आयोजनामा भोली बिहिबारदेखि पाँचौ राष्ट्रिय देवदह औद्योगिक मेला, कृषि तथा पर्यटन महोत्सव हुँदैछ । उक्त मेलाको तयारी पुरा भएको आयोजक देवदह उद्योग बाणिज्य संघले मंगलबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
यहि फागुनको २७ गतेसम्म सञ्चालन गरिने मेलामा स्टल बुकिङ तथा पूर्वाधार निर्माणको काम पुरा भएको संघका अध्यक्ष तथा मेला आयोजक मुल समितिका संयोजक गोपालप्रसाद ढकालले जानकारी गराउनु भयो ।
‘उद्योग व्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ सञ्चालन गर्न लागिएको मेलममा स्थानीय उत्पादन, गार्मेन्ट, हस्तकला, होटल, रेष्टुरा, कृषि, कृषिजन्य उत्पादन, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । मेला आयोजक समितिका संयोजक ढकालका अनुसार मेलालाई पहिलेको भन्दा फरक र आकर्षक बनाउन सेल्फिका पारखीहरुलाई सेल्फि स्टेशन, देवदहको ऐतिकासिक महत्व बुझाउन सूचना केन्द्र, बालबालिकालाई आर्षण गर्नकालागि बाल उद्यान, मिनि जु र संगितपे्रमिका लागि रमाईलो साँस्कृतिक कार्यक्रम मेलाका आकर्षक हुने छन् ।
त्यस्तै बुद्धको स्ट्याचु र अग्लो खुकुरी मेलाको आकर्षण रहने उहाँले जानकारी गराउनु भयो । देवदहमा रहेका ब्यवसायिक संस्था देवदह उद्योग संघ, देवदह व्यापार संघ तथा देवदह उद्योग ब्यापार संघले आलोवपालो देवदह मेला स्थलमा मेला लगाउदै आएका छन् । अहिले गर्न लागिएको पाँचौं मेला देवदह उद्योग बाणिज्य संघले गर्न लागेको हो ।
मेलामा करिव ३ बढी दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोवार हुने अपेक्षा गरिएको महासचिव हरि भण्डारीले जानकारी गराउनु भयो । मेला सम्पन्न गर्नका लागि ६० लाखबढी खर्च हुने अनुमान गरिएको छ । स्थायी संरचना नभएका कारण मेला सञ्चालनमा बढी खर्च लाग्ने गरेको महासचिव भण्डारीले बताउनु भयो ।
मेलामा जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई प्रवेश निशुल्क गरिएको छ भने अन्य सर्वसाधारणकालागि ५० रुपैंया र बिद्यार्थीलाई प्रवेशमा ३० रुपैंया टिकट शुल्क निर्धारण गरिएको छ ।
मेलामा साँकृतिक कार्यक्रमतर्फ सङ्गीङ र डान्सिङ्ग आईडियल, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, खुल्ला लोकगित प्रतियोगिता, कपल डान्स, अन्तरआमा समुह कला प्रस्तुति लगायतका प्रतिस्प्रर्धा तथा राष्ट्रिय एवं स्थानीय कलाकारहरुको प्रस्तुती रहने साँस्कृतिक संयोजक तेजु अर्यालले बताउनु भयो । पर्यटन, कृषि कृषिजन्य उत्पादनको प्रवद्र्धन र विकासमा मेलाले मेलाले महत्वपूर्ण भूमिका खेलेको संघले जनाएको छ । मेलामा किसानकालागि निशुल्क माटो परिक्षणको ब्यवस्था मिलाएको छ । कृषि र पर्यटनलाई प्राथमिकता दिइएको मेलामा देशका ४५ बढी जिल्लाबाट औद्योगिक उत्पादन, घरेलु उद्योग, कृषिजन्य, हस्तकला, गार्मेन्ट पर्यटन, बैंकलगायतका स्टलहरु रहने बताईएको छ ।

devdaha-mela-tayari