बुटवल,१६ फागुन । रुपन्देहीको बुटवल आसपासमा आज बिहान भारी असिना सहितको पानी परेको छ । बुटवलका सबै सडक असिनाले सेताम्मे भएको छ ।

अस्पताल लाईनमा असिना जमेकाले सवारी साधन आवत जावत गर्न कठिन भएको छ । बुटवलसंगै रुपन्देहीका अन्य भागमा पनि असिना पानी परेको छ । अहिले रुपन्देहीका अधिकांस क्षेत्रमा पानी परिरहेको छ ।
असिना पानि पश्चात यतिबेला सडकमा हिउ खेल्दै फोटो खिच्ने गरेका युवायुवती सडकमा देखिन्छन्। यतिखेर किसानको खेतमा गहँु,मटर,मसुरो लगायतका अन्नवाली रहेकाले के कति क्षति भएको छ ,क्षतिको पुर्ण बिवरण अझै आइ सकेको छैन ।
पश्चिमी वायुका कारण वर्षा र हिमपात भएको हो । मौसम विभागले बिहिबार दिउँसोबाट पानी पर्न रोकिने जनाएको छ । त्यसैगरी विभागले भोली घाम लागे पनि पर्सिबाट फेरि अर्को पश्चिमी वायु सक्रिय हुने जनाएको छ ।


