युवा व्यबसायीलाई जेसीजको तालिम

1.3K

युवा व्यबसायीलाई जेसीजको तालिम

बुटवल, १८ फागुन । बुटवल जेसीजले युवा व्यबसायीलाई लक्षित गरी सञ्चालन गरेको तालिम सकिएको छ । बुटवल जेसीजको तालिम हलमा सञ्चालन गरिएको तालिममा चार्टड एकाउण्टेन प्रेम भुर्तेल र बुटव उद्योग बाणिज्य संघका यद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले सहजिकरण गर्नु भएको थियो ।
तालिममा कर तथा भ्याटमा आएको परिवर्तन र ब्यवशायिक क्षेत्रका अवसरहरुको बारेमा प्रशिक्षण गरिएको हो । तालिम उपलब्धीमुलक रहेको सहभागिले बताएका छन् । तालिममा विभिन्न पेशा व्यवसायमा रहेका ३५ जना युवा व्यबसायी सहभागी थिए ।
बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले व्यवसायलाई ब्यवस्थित र विस्तार गर्न लेखा प्रणालि महत्वपुर्ण हुने भएकोले तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँले प्राविधिक कुराको ज्ञानसंगै युवालाई उत्प्रेरणा प्रदान गर्न तालिम सफल भएको बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा जेसीजले युवामा उद्यमशिलतामा प्रेरित गर्ने खानलका कार्यक्रम सञ्चालन गरिने समेत जानकारी गराउनु भयो । बुटवल जेसीजका महासचिव राजिव गौतमको सञ्चालनमा भएको समापन कार्यक्रममा सल्लाहकार मथुरा पिया, तालिम कार्यक्रम संयोजक बालकृष्ण् पाण्डे लगायतले भनाई राख्नुभएको थियो ।