पुरी हत्या अभियोगमा दशजना पक्राउ

1.3K

पुरी हत्या अभियोगमा दशजना पक्राउ

बुटवल, २७ फागुन । रुपन्देहीको देवदहमा आईतबार राती भएको हत्याको आशंकामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । देवदह सितलनगरका २२ वर्षीय अनिस पुरीलाई आईतबार राती करिव ८ बजेको समयमा लाठी र ढुंगा प्रहारगरी देवदहकै घोडाहामा हत्या भएको थियो । पुरी हत्यामा संलग्न रहेको आशंकमा प्रहरीले देवदह ९ घोडाहाका १० जना युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २१ वर्षीय अर्जुन सारु मगर, २० वर्षीय सुवास अर्याल, २८ वर्षीय रमेश शाही, २१ वर्षीय आकाश थापा, २१ वर्षकै सिशिर राना, २१ वर्षीय मनोज क्षेत्री, १९ वर्षीय पवन गुरुङ, १८ वर्षीय विवेक परियार, १९ वर्षीय तारा बराल र १८ वर्षीय सुमन राना रहेका छन् ।
पक्राउ परेका मध्ये आकाश थापा, सिशिर राना, अर्जुन सारु मगर र मनोज क्षेत्रीलाई रुपन्देही जिल्ला अदालत भैरहवाबाट म्याद पथ गरी हत्या अभियोगमा कारवाही प्रकृया अंगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव परिक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । पक्राउ परेका बाँकी ६ जना उपर थप अनुसन्धान अंगाडी बढाईएको उहाँले बताउनु भयो ।
आईतबार राती करिव ८ बजेको समयमा फोन गरि बोलाएर ९÷१० जनाको समुहको आक्रमणबाट मरणासन्न भएका अनिस केही दुरी पर पुगेर बाटोमै लडेका थिए । उनलाई उपचारकालागि देवदह मेडिकल कलेज पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतक पुरीको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।