
सन्धिखर्क १०, चैत । अर्घाखाँचीको मालारानी गाउँपालिका ५ गुरासेडाँडामा लुकाइछिपाइ राखेको अबैध हात हतियार प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले स्थानीय कमल चौहानको घरबाट एक थान भरुवा बन्दुक र घर नजिकैको पहरामा लुकाएर राखेको अवस्थामा दुइ थान म्याग्नम टुटु र एक थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक नवराज मल्लले जानकारी दिनुभयो ।
चौहानको घर द्वन्द्वकालमा तत्कालिन माओवादीको सेल्टर रहेकाले बरामद गरिएका हतियारहरु द्वन्द्वकालको समयका भएको प्रहरीले वताएको छ । प्रहरी प्रमुख मल्लले जिल्लाका अन्य ठाउँमा पनि हतियार लुकाएर राखिएको हुन सक्ने भन्दै प्रहरीले सर्च अभियान चलाउने बताउनु भयो ।