सरकारबाट बिकास र संमृद्धि संभव छैन : महासचिव बैद्य

1.3K

सरकारबाट बिकास र संमृद्धि संभव छैन : महासचिव बैद्य


बुटवल, १६ चैत । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य किरणले बर्तमान सरकार बाट बिकास र समृद्धि सम्भब नभएको दाबि गर्नुभएको छ । भाषण र शब्दजालले मात्रै सम्बृद्धि आउदैन, सरकारका गतिबिधिले संबृद्धिको लक्षण र संभाबना देखाएन महासचिव बैद्यले भन्नुभयो ।

शनिबार बिहान बुटवलमा रिपोर्टर्स क्लवले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासचिब बैद्यले प्रधानमन्त्री ओली—प्रचण्ड र बिप्लवसम्मको कडा आलोचना गर्नुभयो । अहिलेको नाम मात्रको कम्युनिष्ट भनिएको सरकारले कम्युनिष्ट पार्टी कै बदनाम गरेको उहाँको आरोप छ । सरकारले क्रान्तिकारीहरुलाइ दमनको प्रकृया अगाडी बढाएको भन्दै उहाँले आपत्ती जनाउनु भयो ।
प्रधानमन्त्रीले शब्द शैयामा सुतेर समृद्धिको नारा दिएको भन्दै उहाँले अहिले लगानी सम्मेलनमा पनि प्रधानमन्त्रीले नयाँ शब्द ल्याएको टिप्पणि गर्नुभयो । प्रधानमन्त्रीले आफ्नो कुरा मात्रै गर्नुहुन्छ भन्दै उहाँले भन्नुभयो– ‘उहाँका कुरामा विश्वास गर्ने होभने उहाँले नेपालको बिकास कहाँ पु¥याउनुभयो, पानीजहाज, रेलगाडी कुदाइसक्नु भयो, अहिले लगानी सम्मेलनमा नयाँ शब्द ल्याउनु भएको छ, भर्जिन ल्याण्ड (कुमारी भूमि) मा लगानी देशका मान्छेले गर्ने हो की बिदेशीले गर्ने हो भन्दै प्रधानमन्त्री ओलीका भनाई प्रति ब्यङ्ग गर्नुभयो ।

नेपालको प्रगतिका लागि प्राथमिकता स्वदेशी लगानीलाइ दिनुपर्ने भन्दै उहाँले बिदेशीलाइ मात्रै बोलाएर बिकास र समृद्धि नहुने प्रष्ट पार्नुभयो । नेपालमा बिकास र समृद्धिका लागि बिरोधका स्वरहरुलाइ सरकारले समाधान गर्नुपर्ने उहाँको सुझाब छ ।सत्तारुढ नेकपालाइ नाम फेर्न समेत उहाँले सुझाव दिनुभयो ।

‘आफ्नो बिचार, सिद्धान्त छोडेर हिडेर सत्तास्वार्थमा अल्झिने, अन्य पार्टीका जस्तै गतिबिधि गर्ने भएपछि किन नेकपा नाम राख्ने, सोसियल डेमोक्रेटिक पार्टी राख्नुस् बैद्यले सुझाव दिनुभयो । सरकार दुइतिहाइको दम्भ बोकेर तानाशाही बाटोमा हिडेको आरोप लगाउंदै उहाँले सरकारले गरेका पछिल्ला ३ वटा घटनाले त्यसलाइ पुष्टि गरेको दाबि गर्नुभयो । रेशम चौधरी, सिके राउत र नेकपा बिप्लव प्रकरणका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो ।

सिके राउतसंग अचानक सहमति गर्ने, रेशम चौधरीलाइ जेल हाल्ने अनि बिप्लवलाइ प्रतिबन्ध लगाउनु गलत काम भएको उहाँको भनाई छ । देशको राष्ट्रिय सार्बभौमसत्ता झन् संकटमा परेको भन्दै उहाँले सरकार कुनै कुरामा गम्भिर नभएको गुनासो गर्नुभयो ।

दुइतिहाईको दम्भ बोकेको यो सरकार फासिबादमा प्रबेश गरेको भन्दै उहाँले देशमा भ्रष्टाचार बढ्दो छ, जनतन्त्रको मुद्धा संकटमा छन् र राष्ट्रियता समेत हराएकोले यसतर्फ सबै गम्भिर हुनुपर्ने बताउनुभयो । ‘एउटा बिकल्प क्रान्तिकारी परिवर्तन हो, आमुल परिवर्तन गरेर नयाँ ढंगले अघि बढ्ने यदि यो दिशा कमजोर भए अर्काे पुर्नउत्थान हो, हामीले त बैकल्पिक शक्ति तयार पारेर देश क्रान्तिकारी परिवर्तन गरेर देश अगाडि बढाउने हो ।’ उहाँले भन्नुभयो ।

बिप्लव लगायतका पार्टी संग एकताको कुरा के हो भन्ने प्रश्नमा उहाँले पहिले पार्टी एकता सफल नभएको र अहिले कुनै तयारी नभएको भन्दै तत्काल त्यो सम्भब नभएको बताउनुभयो ।