पाँच नम्बर प्रदेश सरकारले हावाहुरी पिडितलाई एक करोड सहयोग

1.3K

पाँच नम्बर प्रदेश सरकारले हावाहुरी पिडितलाई एक करोड सहयोग


बुटवल, २२ चैत । पाँच नम्बर प्रदेश सरकारले प्रदेश दुईको बारा र पर्सा जिल्लामा हावाहरी पिडितको सहयोगकालागि १ करोड रुपैंया प्रदान गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले गत आइतबारको हावाहुरीबाट बारा र पर्सा जिल्लामा घाइते तथा घरबिहीन बनेका पीडितहरुको सहयोगकोलागि प्रदेश पाँचको सरकारले १ करोड रुपैयाँ राहत प्रदान गर्ने निणर्य गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता, भौतिक पू्र्वाधार मन्त्री बैजनाथ चौधरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्तावमा आर्थिक योजना मन्त्रालयले उक्त सहयोग प्रदान गर्ने बताउनुभयो । सोही बैठकले विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको उपचारकालागि ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । प्रदेशसभाका सबैभन्दा जेष्ठ सदस्य शर्मा अहिले क्यान्सर रोग लागेर काठमाडौं नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत हुनुहुन्छ ।

त्यस्तै बैठकले प्रदेश पाँचको आवधिक योजनाको आधारपत्र स्वीकृत गरेको छ । बाँकेको खजुरा गाउँपालिकाको केन्द्र बागेश्वरी ३ बागमती नगरमा सार्ने तथा प्रदेश सभा सदस्यहरूको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा कार्यान्वयनमा ल्याउने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।