रेशमद्वारा पार्टी परित्याग

1.3K

रेशमद्वारा पार्टी परित्याग

बुटवल, २७ चैत । विप्लव माओवादी पार्टीका सदस्य सैनामैना नगरपालिका वडा नं. १ बनकट्टा रुपन्देहीका रेशम खाँणले पार्टी परित्याग गर्नुभएको छ । सो पार्टीले अवलम्वन गरेका नीति, सिद्धान्त र कार्यक्रमहरु देश र जनताको हितमा नदेखिएकाले पार्टी परित्याग गरी स्वतन्त्र नागरिकका रुपमा जीवनयापन गर्ने उहाँले बुधबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मुलकले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गर्दै अगाडी बढेको अवस्थामा सो पार्टीको धारणा र नीति अनुसार पार्टीमा रहेर काम गर्ने मनसाय नरहेकाले स्वतन्त्र जीवन विताउने बाटो अवलम्वन गरेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । आजकै दिनदेखि आफू सो पार्टीको कुनैपनि पद तथा साधारण सदस्य समेत नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।