
बुटवल, १० बैशाख । नेपाली काँग्रेसका पूर्व केन्द्रीय कोषाध्याक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ । पूर्व मन्त्री समेत रहनुभएका ताम्राकारको ललितपुरको अलका अस्पतालमा मंगलबार दिउसो निधन भएको हो ।
रुपन्देहीको भैरहवाका ताम्राकार विगत २ वर्षदेखी क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो । २०४८ र २०५६ सालमा रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचित हुनु भएका ताम्राकार स्वास्थ्य, उद्योग, बाणिज्य मन्त्रालय सम्हाल्नुभएको थियो । कांग्रेस रुपन्देहीको पूर्व सचिव ताम्राकार २०४९ सालमा केन्द्रीय सदस्य र पछि केन्द्रीय कोषाध्यक्ष बन्नुभएको थियो ।
पार्टीको श्रद्धाञ्जली कार्यक्रमपछि ताम्राकारको काठमाण्डौमै अन्त्येष्टी हुने सम्भावना रहेको नोपली काँग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले जानकारी दिनुभयो ।