
बुटवल, १४ बैशाख । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देहीका क्षेत्रीय उपसभापति परशुराम ढकालले आफूले गरेको टिप्पणी भन्दा अर्थ नै फरक पर्ने गरी समाचार आएको भन्दै उक्त समाचारप्रति खेद व्यक्त गर्नुभएको छ । उहाँले शनिबार प्रेस विज्ञप्ती प्रकाशित गरि बालुवाटारको ललिता निवास जग्गा काण्डका बिषयमा आफूले बोल्दै नबोलेको कुरा उल्लेख गरि समाचार आएको भन्दै आपत्ति व्यक्त गर्नुभएको हो ।
केही दिन अंगाडी लोकान्तर अनलाईनमा उक्त जग्गा प्रकरणमा नेकपा महासचिव बिष्णु पौडेललाई बदनाम गर्न खोजिएको भन्ने उहाँको अभिव्यक्ति प्रकासित भएको थियो । त्यसविषयमा उक्त अनलाईनका प्रतिनीधिसंगको फोन संवादमा आफूले सरकारी जग्गा जो सुकैले खरिद गरेको भएपनि कारवाहीको भागिदार हुनु पर्ने भन्ने कुरा प्रष्ट राखेको बताउँदै बोल्दै नबोलेको र सत्यतथ्य कुरालाई छिपाएर नबोलेको कुरा समाचारमा आएकाले त्यसतर्फ गम्भिर हुन समेत आग्रह गर्नुभएको छ ।
उहाँले विज्ञप्ती मार्फत आफूले कुनैपनि व्यक्ति निर्वाचित हुँदैमा लोकपृय भएको मान्न नसकिने र सरकारी जग्गा अपचलन जसले गरेको भएपनि कानुन बमोजिम कारवाही हुनुपर्छ भन्ने मान्यतामा आफू ढृण रहेको समेत प्रष्ट पार्नुभएको छ । त्यस्तै उहाँले सत्यतथ्य समाचारले मात्रै समाज रुपान्तरणमा भूमिका खेल्ने भएकाले पत्रकार तथा समाजिक सञ्जाल प्रयोगकर्ताले समेत सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन तथा बिचार प्रवाह गर्न आग्रह गर्नुभएको छ ।