
बुटवल, १५ बैशाख । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलसंग नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले भेट गर्नुभएको छ । आईतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत जावेदले लुम्बिनी बौद्धमार्गीका लागि मात्रै नभएर सबैको श्रद्धाको स्थल भएको बताउनुभयो । त्यस्तै मुख्यमन्त्रीले लुम्बिनी सहित तराईका इलाका ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको चर्चा गर्नुभयो ।
राजदूत जावेद तथा मुख्य मन्त्री पोखरेलले नेपाल र चिन दुई मुलुकको लामो कुटनीतिक सम्बन्धमा कुनै समस्या नआएको र सम्बन्ध मजवुत रहेको चर्चा गर्दै सांस्कृतिक आदानप्रदान गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने धारणा राख्नुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी गराउनु भयो ।