छत्तिस मौजाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार पौडेल निर्वाचित

1.3K

छत्तिस मौजाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार पौडेल निर्वाचित

बुटवल, २१ बैशाख । सोह्र छत्तिस सिचाई प्रणाली अन्तरगत छत्तिस मौजाको शुक्रबार सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा कृष्णप्रसाद पौडेल निर्वाचित हुनु भएको छ । कुल खसेको ६२२ मतमध्ये उहाँले ३४६ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिस्पर्धी स्वयमबन्धु कार्कीले २६१ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

राजनीतिक रुपमा बिभक्त उक्त निर्वाचनमा पौडेलले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । उहाँसंघै बाँकी पदमा भने नेकपाले अंगाडी सारेका उम्मेदवार बिजयी भएका छन् । कार्कीले नेपाली काँग्रेसले अंगाडी सारेको टिमबाट अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । नेकपाले भने अध्यक्ष पदमा उम्मेदवारी नदिएर स्वतन्त्र उम्मेदवार पौडेललाई सहयोग गरेको थियो । पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपनि नेकपाको सहयोगमा अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

अधिवेशनबाट छत्तिस मौजा सिचाई प्रणालीको वरिष्ठ उपाध्यक्ष पदमा ३६० मत सहित विष्णुप्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी रुकमांगत पाण्डे (बिदुर)ले २३५ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै उपाध्यक्ष पदमा फरसुराम गिरी (३३९ मत) र सचिवमा रुकमांगत पाण्डे (३५६ मत) बिजयी हुनु भएको छ । त्यस्तै लेखा समिति संयोजकमा २९७ मत सहित लिलामणी ज्ञवाली तथा सदस्यहरुमा २८५ मत सहित कलमबहादुर चौधरी र २९६ मत सहित लक्ष्मण पाण्डे निर्वाचित हुनु भएको छ ।