
बुटवल, २५ बैशाख । नेपाली काँग्रेसको राष्ट्रिय जागर अभियान आजदेखि देशव्यापी रुपमा सुरु हुँदैछ । यसैक्रममा प्रदेश पाँचको अस्थायी मुकाम रुपन्देहीको भैरहवामा नेपाली काँग्रेस रुपन्देहीले राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्ने तयारी गरेको नेपाली काँगेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी गराउनु भयो ।
राष्ट्रिय जागरण अभियानको शुभारम्भकालागि रुपन्देही जिल्लामा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोईराला आउनुहुने छ । त्यस्तै नेपाली काँग्रेस केन्द्रीय समितिले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनीधि खटाएको छ । पार्टीले रुपन्देही जिल्लामा केन्द्रीय प्रतिनीधिका रुपमा प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीलाई जिम्मेवारी प्रदान गरेको ।
नेपाली काँग्रेसले तीन चरणमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछ । पहिलो चरणमा जेठ २५ गतेसम्म एक महिना जिल्ला तहमा कार्यक्रम हुनेछन् । दोस्रो चरणमा भदौ २४ देखि असोज ७ गतेसम्म प्रतिनीधि सभाका ३२० निर्वाचन क्षेत्रमा र तेस्रो चरणमा पुसको ७ देखि १६ गतेसम्म ७५३ वटै स्थानीय तहमा राष्ट्रिय जागरण अभियान सञ्चालन गरिने छ ।
रुपन्देही जिल्लामा आज राष्ट्रिय जागरण अभियानको शुभारम्भ गरिने र लगत्तै जिल्ला कार्यसमितिको बैठक बसेर एक महिने जागरण अभियानको खाका बनाईने सचिव खाँणले बताउनु भयो ।