काँग्रेस रुपन्देहीको जिल्ला सम्मेलन : सरकारका गतिबिधमा केन्द्रित हुने

1.3K

काँग्रेस रुपन्देहीको जिल्ला सम्मेलन : सरकारका गतिबिधमा केन्द्रित हुने

बुटवल, १५ जेठ । नेपाली काँग्रेस रुपन्देहीले तय गरेको जिल्ला सम्मेलन सरकारका गतिबिधिमा केन्द्रीत हुनेछ । काँग्रेस रुपन्देहीले यहि जेठको १८ र १९ गते जिल्ला सम्मेलनको तयारी गरेको छ । सम्मेलनको पहिलो दिन तिलोत्तमा नगरपालिका वडा नं. १५ मधौलीया चोकमा आम सभा गरिने छ । उक्त आम सभामा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोईराला, प्रमुख सचेतक बालकृष्ण खाँण, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताले सम्बोधन गर्नुहुने छ ।

सरकार तानाशाही बन्दै गएको र नेपाली काँग्रेसले सरकारले गरेका गलत कामको आम जनताको बिचमा समिक्षा गर्ने गरी सम्मेलनको उद्घाटन सत्रलाई आम सभाका रुपमा सञ्चालन गर्न लागिएको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताउनु भयो । दुई तिहाई बहुमतको सरकार त्यसैपनि शक्तिशाली सरकार भएको र त्यस्तो शक्तिशाली सरकारका प्रधानमन्त्री केपी ओलीले भएका सबै शक्तिलाई केन्द्रीकृत गरि तानाशाही बन्ने प्रयासमा रहेकाले काँग्रेस त्यसको बिरोधमा उत्रेको नेपाली काँग्रेसले जनाएको छ ।

राष्ट्रिय मावन अधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद, सम्पत्ती सुद्धिकरण अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रधानमन्त्री मातहत ल्याउने काम भईरहेको र स्वतन्त्र प्रेसको संवैधानिक व्यबस्था विपरित पत्रकारलाई बाँध्नेगरी सरकारले मिडिया काउन्सिल बिधेयक ल्याउने प्रयासलाई काँग्रेसले जनताको बिचमा उठान गर्ने सचिव खाँणले बताउनु भयो ।

सरकार तानाशाही बाटोमा अंगाडी बढेको र मुलुकमा भईरहेका बलात्कार, हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्नुका साटो स्वयम् सरकारले संरक्षण गरिरहेकाले बिरोध गर्नु परेको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताउनु भयो । संवैधानिक व्यबस्था अनुसार सरकारले संविधान कार्यान्वयनमा आनाकानी गरेको तथा प्रदेशलाई निकम्बा बनाउने र संविधानलाई नै असफल बनाउने कुचेष्ठामा स्वयम प्रधानमन्त्री र अहिलेको सरकार लागेकाले सरकारका गतल कृयाकलापका बिरुद्ध कार्यक्रम आयोजना गरिएको उहाँले बताउनु भयो ।

सम्मेलनको दोस्रो दिन भैरहवा स्थित पार्टी कार्यालयमा सभापति रज्जाकले प्रतिवेदन पेस गर्नुहुने छ । सोही प्रतिवेदन माथि छलफल गरि पार्टीले भावी योजना बनाउने बताईएको छ । त्यस्तै सम्मेलनमा पार्टीले एक वर्षभरी गरेका कामका बारेमा समिक्षा गरिने छ भने भावी रणनीति समेत तय गरिने र पार्टीलाई सुढृणीकरण कसरी गर्न सकिन्छ ? भन्ने विषयमा समेत छलफल हुने सचिव खाँणले जानकारी गराउनु भयो ।